भारतबाट आएका पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक « Khabarhub

भारतबाट आएका पर्यटकमा कोरोना, नेपाल प्रवेश गर्न रोक


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतबाट घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । नेपाल–भारत सीमानाका झुलाघाटबाट नेपाल घुम्न आउने पर्यटकमा कोरोना सङ्क्रमण देखिन थालेपछि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाउन थालिएको छ ।

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकका अनुसार चारजना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ । झुलाघाट नाकाबाट नेपाल आइरहेका उनीहरूका कोरोना देखिएको हो । कोरोना सङ्क्रमण देखिएपछि उनीहरूलाई नाकाबाटै भारत फिर्ता गरिएको छ ।
उनले भने, ‘सीमावर्ती भारतीय क्षेत्रबाट नेपाल घुम्न आउनेहरूको पनि कोरोना परीक्षण गर्ने गरेका छौँ, पोजेटिभ देखिएमा भारततिरै फर्काउने गरिएको छ ।’

यसैबीच बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको छ । भारतसँग सीमा जोडिएको झुलाघाट नाका भएर फर्कने अधिकांश नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको हो । झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर उक्त नाकाबाट स्वदेश फर्कनेहरूको एन्टीजेन परीक्षण गर्ने गरिएको र परीक्षण गरिएका अधिकांशमा कोरोना पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । साउन पहिलो सातासम्म कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको बैतडीमा अहिले ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सङ्क्रमण पुष्टि भएकाहरू समेत सिधै घर जाने भएकाले समुदायस्तरमा फैलन सक्ने जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । स्वास्थ्यका मापदण्ड पालना नगर्दा झन् जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । जोखिम बढ्दै गएकाले पूर्वतयारीस्वरुप समेत थालिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

विपद् व्यवस्थापन समितिको बैठक बसालेर जिल्लामा पूर्वतयारी थाल्न निर्देशन दिइएको हो । जिल्ला अस्पतालमा आइसियुसहितका आइसोलेसन सेन्टर, सबै स्थानीय तहमा होल्डिङ सेन्टर, आइसोलेसन, क्वारेन्टिन निर्माण, कोरोना कोष स्थापना, एम्बुलेन्स तयारी अवस्थामा राख्न, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउनेलगायत निर्णय गरिएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको चौथो लहरको जोखिम बढेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा हालसम्म तीन हजार तीनसय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा सङ्क्रमणकै कारण १९ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ८ : ४६ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने