बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सम्पन्न « Khabarhub

बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सम्पन्न


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यस वर्षको वर्षायाम अन्त्य हुनै लाग्दा बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको १३ जिल्लामा एक लाख २० हजार पाँच सय ६९ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए तापनि हालसम्म एक लाख ११ हजार आठ सय ९८ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौँडाका सूचना अधिकारी राजन चौलागाईंले जानकारी दिए।

त्यस्तै बागमती प्रदेशको ‘अन्नको भण्डार’ का रूपमा चिनिएको चितवन जिल्लामा ९५ प्रतिशत रोपाइँ सकिएको छ । उक्त जिल्लामा धानखेती हुने २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफलमध्ये २१ हजार आठ सय २८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये नौ हजार तीन सय ५० हेक्टर रोपाइँ सकिएको सूचना अधिकारी चौलागाइँले जानकारी दिए ।

नुवाकोटमा १४ हजार दुई सय ८३ हेक्टर क्षेत्रफलमध्ये १२ हजार आठ सय ५५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिँदा रसुवामा एक हजार आठ सय ७२ हेक्टर क्षेत्रफलमध्ये एक हजार सात सय ६० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको सरकारी आँकडा छ ।

त्यसैगरी ललितपुरको चार हजार एक सय ७५ हेक्टर, भक्तपुरको तीन हजार नौ सय २५ हेक्टर र काठमाडौँको पाँच हजार नौ सय ५९ हेक्टरमा धानखेती हुने गर्दछ । यी तीनवटै जिल्लाहरुमा रोपाइँ सकिएको निर्देशनालयका सूचना अधिकारी चौलागाइँले उल्लेख गरे ।

काभ्रेपलाञ्चोकमा नौ हजार तीन सय ८५ हेक्टर क्षेत्रफलमध्ये आठ हजार सात सय ४७ मा रोपाइँ सकिँदा सिन्धुपाल्चोकका आठ हजार पाँच सय ९० हेक्टर क्षेत्रफलमध्ये आठ हजार एक सय ६१ हेक्टरमा रोपाइँ सकिएको छ ।

रामेछापमा आठ हजार आठ सय ९३ हेक्टर क्षेत्रफलमध्ये सात हजार पाँच सय ५९ हेक्टरमा धान रोपेर सकिएको छ । दोलखामा दुई हजार नौ सय २८ हेक्टर क्षेत्रफलमध्ये दुई हजार छ सय ३५ हेक्टरमा हालसम्म रोपाइँ सकिँदा सिन्धुलीमा १५ हजार चार सय २३ हेक्टर क्षेत्रफलमध्ये १४ हजार तीन सय ४३ हेक्टरमा रोपाइँ सकिएको हो ।

प्रदेशको धादिङमा ११ हजार एक सय ५९ हेक्टर क्षेत्रफलमध्ये १० हजार छ सय एक हेक्टर (९५ प्रतिशत)मा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ९ : २८ बजे

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना