नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या छ गुणाले बढ्यो « Khabarhub

नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या छ गुणाले बढ्यो


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ ।

आयोगले आज भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताएका हुन् ।

यस वर्ष नेपालमा दुई सय ६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले सामान्य मानिसहरूमा पनि चिकित्सा शिक्षाको पहुँच वृद्धि हुँदै गएको बताए ।

उनले नेपालमा यो वर्ष २१ वटा संस्थामा एक हजार आठ सय ९५ विद्यार्थीले एमबिबिएस पढ्न पाउने व्यवस्था गरेको बताउँदै स्नातक तहमा दुई हजार दुई सय ३२ जना विद्यार्थीले छात्रवृत्ति पाउने बताए ।

एमबिबिएसमा मात्रै चार सय ३० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको उल्लेख गर्दै उनले विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्न करिब एक हजार तीन सय सिट दिने गरेकामा एमबिबिएसमा मात्रै पाँच सय ५७ विदेशीले अध्ययन गर्न पाउने व्यवस्था गरेको बताए ।

पत्रकार सम्मेलनमा चिकित्सा शिक्षा आयोगअन्तर्गतको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा डा रमेशप्रसाद आचार्यले बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेकामा १० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएर भ्रम सृजना गरेको बताए ।

उनले दक्ष नर्सिङ जनशक्ति उत्पादनका लागि एक सय शय्याको आफ्नै अस्पताल नभएको संस्थालाई नर्सिङ अध्ययनको अनुमति दिन नहुनेमा जोड दिँदै नर्सिङ पेसालाई व्यवस्थित बनाउन नसक्दा धेरै नर्स बेरोजगार बन्नुपरेको बताए ।

चिकित्सा शिक्षा आयोगअन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्रा डा दिलीप शर्माले एमबिबिएस अध्ययन गर्न एक सय ८८ नेपाली विद्यार्थी विदेश गएको, बिएस्सी नर्सिङमा २९, एलाइट साइन्समा ६६ र फार्मेसी अध्ययनका लागि १७ जना विद्यार्थी अध्ययनका लागि विदेश गएको जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ९ : ३७ बजे

दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा

नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने 

काठमाडौँ– नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को