चौँरीमा लागेको भ्यागुते रोगको उपचार सुरु « Khabarhub

चौँरीमा लागेको भ्यागुते रोगको उपचार सुरु


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङका चौँरीमा भ्यागुते रोग लागेको पुष्टि भएकाले उपचार थालिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ नं वडाका चौरीखर्कमा रहेका चौँरीमा देखिएको यो रोगको उपचार  गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

पशुचौपाय बिरामी परेको थाहा पाउनासाथ चौँरीखर्कमा पुगेर प्राविधिक टोलीले स्थलगतरूपमै उपचार गर्नाका साथै थप नमूना संकलन गरी परीक्षणका लागि पठाइएकामा भ्यागुते रोग लागेको पुष्टि भएकाले उपचार गरिएको केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए । 

‘ङावल क्षेत्रको खर्कमा रहेका चौँरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकले भ्यागुते रोगको आशंका गरेकामा पुष्टि भएकाले उपचार पछि अहिले चौँरी मर्ने र बिरामी हुने क्रम नियन्त्रणमा आएको छ’, उनले भने।

समुद्र सतहदेखि चार हजार पाँच मिटरको उचाइमा रहेको हिमताल क्षेत्रस्थित  चरन खर्कमा चौँरी बिरामी परेका थिए, ‘अहिले रोग नियन्त्रणमा आएको छ । पशुचौपायमा लागेको रोग  पूर्णरूपमा निको भएपछि जिल्लामा खोप अभियान चलाउने तयारीमा छौँ’, केन्द्रका प्रमुख कुसुमले भने,  ‘जिल्लाका अन्य क्षेत्रका खर्कमा रहेका चौँरीमा भने यो रोग देखिएको छैन । रोग नियन्त्रणमा आएपछि चौँरीका लागि खोप अभियान सञ्चालन गरिनेछ ।’

उक्त रोगबाट ३० पशुचौपाय मरेका थिए । संकलित नमूना रोग निदानका लागि प्रादेशिक पशुरोग प्रयोगशाला पोखरा पठाइएको थियो । ती बिरामी पशुमा एक्कासि एक सय छ डिग्रीसम्म ज्वरो आउने, अत्यधिक र्‍याल काढ्ने, श्वास फेर्न गाह्रो हुने, खान मन नगर्ने, घाँटी सुन्निने, श्वास फेर्न गाह्रो भएकाले मुख खोलेर आवाज निकाली कराउने र  लक्षण देखिएको दुई घण्टादेखि दुई दिनभित्र मर्ने गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १ : २८ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक