जंगली हात्तीको आतंक बढेपछि स्थानीय त्रसित « Khabarhub

जंगली हात्तीको आतंक बढेपछि स्थानीय त्रसित


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– चुरे पहाडी काछका महोत्तरी र धनुषाका बस्तीमा जंगली हात्तीको आतंक बढेको छ । गत आइतबारयता बुधबारसम्म महोत्तरी र धनुषाको सिन्धुलीसँग सीमा जोडिने चुरे पहाड हुँदै फेदी झरेका जंगली हात्तीले महोत्तरीको बर्दिबास, गौशाला र धनुषाको मिथिला नगरपालिका क्षेत्रमा गरी १४ घर भत्काएका छन्  ।

तीनवटा जंगली हात्तीको समूह चुरे काछ हुँदै गत आइतबार फाँटमा झरेर बस्ती पसेका हुन् । आइतबार राति धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा सात घर भत्काएको हात्तीको समूहले सोमबार राति महोत्तरीको बर्दिबास-८ हात्तीलेटको फालाइन नजिक बस्तीका जितबहादुर योञ्जन, जयकिशुन महतो, बुद्धिमान स्याङ्दान र सोमबहादुर तामाङको घर भत्काएको हो । महोत्तरीको बर्दिबास र धनुषाको मिथिला चुरे काखका एकअर्कासँग सीमा जोडिएका नगर हुन् । त्यसैगरी बुधबारमात्र हात्तीको समूहले गौशाला-१२ को फालाइन नजिकको बस्तीमा दुईकोठे घर भत्काएको छ ।

पछिल्ला पाँच/छ वर्षयता बर्सेनि असोज-कात्तिकमा जंगली हात्तीको आतंक चुरे काछका बासिन्दाले खेप्दै आएका छन् । यसपालि भने भदौ तेस्रो सातामै जंगली हात्तीको जगजगी बढेको काछवासीको भनाइ छ । पछिल्ला पाँच वर्षयता बस्ती पस्ने हात्तीको सङ्ख्या तीनवटा नै हुने गरेका हुँदा उनै हात्ती बर्सेनि आएका हुनसक्ने पीडितको अनुमान छ ।

एक साता पहिले चुरेपारिका सिन्धुली जिल्लाको दुधौली र कमलामाई नगर क्षेत्रका बस्तीमा पनि तीन सङ्ख्याकै हात्तीले बस्ती पसेर उत्पात मच्चाएका थिए । अहिले तीनै हात्ती चुरे कटेर यता झरेका बर्दिबास–३ कालापानीका नरबहादुर पुलामीले बताए । हात्तीले सधैँजसो मध्यरातपछि बस्ती पसेर उधुम मच्चाउने गरेका छन् ।

जंगली  हात्तीको निशानामा पातलो बस्ती भएका ठाउँका काठेघर पर्ने गरेका छन् । घर भत्काउनेबाहेक हात्तीले भखारी फोर्ने र अन्न छरिदिने अनि केराका थाम उखेल्ने गरेको बर्दिबास-३ कालापानीका रामबहादुर थापाले बताए । हात्तीले धानबाली फाँडेर पनि नोक्सान गर्ने गरेका छन् । रातको समयमा  मान्छेलाई नै आक्रमण गर्ने हुँदा चुरे काछका बासिन्दा अहिले हात्ती आतंकले त्रसित छन् ।

अहिले इलाका प्रहरी कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय ढल्केबरले आपसी समन्वयमा हात्तीको गस्ती गरिरहिएको जनाएका छन् । इप्रका बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले वनक्षेत्रसँग जोडिएका हात्तीको सघन आवागमन हुँदै आएका बस्तीमा दुर्वतर्फबाट प्रहरी गस्ती बढाइएको बताए । बस्ती पसेका हात्तीलाई राती राँको बालेर सामूहिक होहल्ला गरेपछि भने वन पस्ने गरेका प्रहरीको विगत अनुभव छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  २ : २० बजे

अमेरिकामा १८ अर्ब डलर लगानी गर्दै एस्सार, आयोवामा बनाउँदै देशकै ठूलो स्टिल प्लान्ट

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय बहुराष्ट्रिय कम्पनी एस्सार समूहले अमेरिकाको

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने