नीरज सिंह भन्छन्- ‘नेपाली युवा व्यवसायीका लागि भारतीय बजार खुला छ’ « Khabarhub

नीरज सिंह भन्छन्- ‘नेपाली युवा व्यवसायीका लागि भारतीय बजार खुला छ’


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय युवा व्यवसायी नीरज सिंहले नेपाली युवाहरुले व्यवसाय थालेमा भारतीय बजार सधैँ खुला रहने बताएका छन् । बिहीबार खबरहबले आयोजना गरेको युवा व्यवसायीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहका छोरा युवा व्यवसायी सिंहले नेपाली युवाहरूका लागि भारतीय बजार खुला रहेको बताएका हुन् ।

उनले भारत आजको दिनमा बेलायतलाई पछाडि पार्दै अर्थतन्त्रमा धेरै अगाडि बढिसकेको भन्दै यसको सदुपयोग नेपाली युवा व्यवसायीले पनि गर्न सक्ने बताएका हुन् । साथै उनले युवाहरूलाई आफ्नो स्वतन्त्र रूपमा व्यवसायमा लाग्न अभिप्रेरित गरेका छन् ।

युवाहरूका लागि धेरै अवसर रहेको भन्दै उनले आफ्नो कम्पनी खोलेर युवाहरू नयाँ नयाँ सोचका साथ व्यवसायमा लाग्नुपर्ने बताए । यसका लागि नेपाल र भारत मिलेर केही नयाँ कुराको ‘एक्सप्लोर’ गर्न सक्ने पनि उनले बताए ।

कार्यक्रममा नेपाली युवा व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधि, जलवायु परिवर्तनका अभियन्ता लगायत व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ५ : ११ बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले