जनयुद्धदेखि अहिलेसम्म ममाथिको प्रहार रोकिएको छैन : प्रचण्ड « Khabarhub

जनयुद्धदेखि अहिलेसम्म ममाथिको प्रहार रोकिएको छैन : प्रचण्ड


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी र आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताएका छन्।

बिहीबार काठमाडौँमा सहिद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठानले काठमाडौँमा गरेको कार्यक्रममा प्रतिक्रियावादीसँगको संघर्षकै कारण माओवादी र आफूमाथिको प्रहार नरोकिएको बताएका हुन्।

माओवादीलाई अस्थिरताको कारक देखाएर प्रचण्डलाई सिद्धाउनुपर्छ भन्नेहरू सक्रिय रहेको उनको भनाइ छ । उनले जनयुद्धपछिको सम्झौता तात्कालिक आवश्यकता रहेको भन्दै जनयुद्धको बाँकी एजेण्डा पुरा गर्नका लागि आफू निरन्तर संघर्षमा रहेको धारणा राखे ।

उनले नेपाली जनताको साथ र सहयोग कारण माओवादी पहिलो पटक सरकारमा पुग्दा जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने माइनुटमा सही गरेको तर राजपत्रमा प्रकाशित हुन नसेकाले उक्त लडाई गठबन्धनबीच अहिले पनि जारी रहेको बताए।

कार्यक्रममा कम्युनिष्ट ऋषि कट्टेलले कम्युनिष्ट आदर्शलाई बिर्सन नहुने धारणा राखेपछि प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनलाई फुटाउने काम ऋषि कट्टेलबाटै भएको तर्क गरे।

उनले आदर्शका कुरा गर्न सजिलो हुने तर व्यवहारमा उतार्न कठिन रहेको बताए। कार्यक्रममा प्रतिष्ठानले प्रकाशित गरेको स्मृति ग्रन्थ विमोचन गरिएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ५ : ३३ बजे

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर