काठमाडौँ– नेकपा एकीकृत समाजावादीकी सचिव रामकुमारी झाँक्रीले मुलकको हितको लागि दीर्घकालीन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएकी छिन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै झाँक्रीले देशको विकास समृद्धिका लागि गठबन्धनले जित हासिल गर्नुपर्ने समेत बताइन् । उनले एमालेले ल्याएका पानी जहाज, रेल जस्ता हावादारी गफमा जनताले विश्वास नगर्ने बताउँदै देशको विकास, सम्वृद्धिलाई सर्वोपरि ठान्ने नेतालाई जनताले मत दिने जिकिर गरिन् । विकास समृद्धि लागि विश्वको थुपै मुलुकहरूले पनि गठबन्धन प्रकृया अगाँलेको भन्दै उनले बताइन् ।
साक्षात्कारमा कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले जनताको दिएको दुई तिहाइ मतको कदर गर्न नसेकेर कर्तव्यच्युत भएको एमालेलाई आगामी निर्वाचनमा जनताले हैसियत देखाइदिने तर्क गरे ।
प्रतिक्रिया