राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले पाकिस्तानको भ्रमण गर्ने « Khabarhub

राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले पाकिस्तानको भ्रमण गर्ने


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पाकिस्तानको भ्रमण गर्ने भएका छन् । यही सेप्टेम्बर ९ र १० मा उनले पाकिस्तानको भ्रमण गर्ने तय भएको राष्ट्रसंघीय अधिकारीहरूले जानकारी दिएका छन् ।

अत्यधिक वर्षाका कारण देशभरी धेरै क्षति भएकाले त्यसप्रति सहानुभूति जनाउन राष्ट्रसंघीय प्रमुख गुटेर्रेसले पाकिस्तानको भ्रमण गर्न लागेका हुन् ।

पाकिस्तानमा पछिल्लो समय आएको बाढी पहिरोका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् ।

बाढी पहिरोले भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएकोले लाखौँ मानिस अझै पनि विस्थापित अवस्थामै रहेका छन् ।

विस्थापित भएकाहरूको उचित व्यवस्थापन नभएकाले उनीहरूमा खाद्य अभाव, स्वास्थ्य समस्या र अन्य आधारभूत सेवा तथा सुविधाको अभाव देखिएको छ ।

प्रभावित क्षेत्रका बासिन्दालाई सहानुभूति दिनका लागि उनले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्ने र स्थानीयसँग सामान्य अन्तरक्रिया पनि गर्ने जनाइएको छ ।

उनले पाकिस्तानमा उत्पन्न सङ्कटप्रति विश्वको ध्यान खिच्न र आवश्यक सहयोग जुटाउन भ्रमण गर्न लागेको अधिकारीहरूले जनाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसअघि नै पाकिस्तानमा प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ ।

“हामीले पाकिस्तान भित्रको अवस्थालाई नजिकबाट गहिरोसँग निकालीरहेका छौँ, घातक वर्षाका कारण धेरै पक्षमा असर परेको छ, त्यसको प्रभाव अझै पनि धेरै पर्न सक्ने देखिएको छ,” डब्लुएचओका क्षेत्रीय निर्देशक डा अहमद अल मान्धरीले भने ।

पाकिस्तानमा केही समय अगाडिको वर्षा र त्यसले पारेको असर हेर्दा विगतमा कहिल्यै यस्तो नभएको देखिएको उनको भनाइ छ ।

बर्षा, बाढी, पहिरो र त्यसको असरको मात्रा हेर्दा जलवायु परिवर्तनको प्रभाव प्राकृतिक प्रकोपका रुपमा देखिएको डा मान्धरीले बताए ।

उनका अनुसार पछिल्लो बाढी पहिरोका कारण दशौँ लाख मानिस असुरक्षित पानी प्रयोग गर्न बाध्य भएका छन् । अस्वस्थ पानी पिउने र अन्य प्रयोजनका लागि प्रयोग गर्ने कार्यले उनीहरूको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पर्ने गरेको र मानवीय क्षति बढाउने गरेको उनले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ७ : २९ बजे

मीन विश्वकर्माको प्रस्ताव : आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले शीर्ष नेताहरू घेराबन्दीबाट बाहिर

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर