राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले पाकिस्तानको भ्रमण गर्ने « Khabarhub

राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले पाकिस्तानको भ्रमण गर्ने


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पाकिस्तानको भ्रमण गर्ने भएका छन् । यही सेप्टेम्बर ९ र १० मा उनले पाकिस्तानको भ्रमण गर्ने तय भएको राष्ट्रसंघीय अधिकारीहरूले जानकारी दिएका छन् ।

अत्यधिक वर्षाका कारण देशभरी धेरै क्षति भएकाले त्यसप्रति सहानुभूति जनाउन राष्ट्रसंघीय प्रमुख गुटेर्रेसले पाकिस्तानको भ्रमण गर्न लागेका हुन् ।

पाकिस्तानमा पछिल्लो समय आएको बाढी पहिरोका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् ।

बाढी पहिरोले भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएकोले लाखौँ मानिस अझै पनि विस्थापित अवस्थामै रहेका छन् ।

विस्थापित भएकाहरूको उचित व्यवस्थापन नभएकाले उनीहरूमा खाद्य अभाव, स्वास्थ्य समस्या र अन्य आधारभूत सेवा तथा सुविधाको अभाव देखिएको छ ।

प्रभावित क्षेत्रका बासिन्दालाई सहानुभूति दिनका लागि उनले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्ने र स्थानीयसँग सामान्य अन्तरक्रिया पनि गर्ने जनाइएको छ ।

उनले पाकिस्तानमा उत्पन्न सङ्कटप्रति विश्वको ध्यान खिच्न र आवश्यक सहयोग जुटाउन भ्रमण गर्न लागेको अधिकारीहरूले जनाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसअघि नै पाकिस्तानमा प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको छ ।

“हामीले पाकिस्तान भित्रको अवस्थालाई नजिकबाट गहिरोसँग निकालीरहेका छौँ, घातक वर्षाका कारण धेरै पक्षमा असर परेको छ, त्यसको प्रभाव अझै पनि धेरै पर्न सक्ने देखिएको छ,” डब्लुएचओका क्षेत्रीय निर्देशक डा अहमद अल मान्धरीले भने ।

पाकिस्तानमा केही समय अगाडिको वर्षा र त्यसले पारेको असर हेर्दा विगतमा कहिल्यै यस्तो नभएको देखिएको उनको भनाइ छ ।

बर्षा, बाढी, पहिरो र त्यसको असरको मात्रा हेर्दा जलवायु परिवर्तनको प्रभाव प्राकृतिक प्रकोपका रुपमा देखिएको डा मान्धरीले बताए ।

उनका अनुसार पछिल्लो बाढी पहिरोका कारण दशौँ लाख मानिस असुरक्षित पानी प्रयोग गर्न बाध्य भएका छन् । अस्वस्थ पानी पिउने र अन्य प्रयोजनका लागि प्रयोग गर्ने कार्यले उनीहरूको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पर्ने गरेको र मानवीय क्षति बढाउने गरेको उनले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ७ : २९ बजे

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३-८४ का लागि कक्षा ११ र

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

काठमाडौं – दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण

संसदमा कुस्ती खेल्ने सांसदलाई मनोविदका ५ सुझाव : माइण्ड मेकअपदेखि सात्विक आचरणसम्म

काठमाडौं- लोकतान्त्रिक व्यवस्थामा संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ

गोदावरी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि