भारतीय प्रधानमन्त्री मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता बन्न सफल « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता बन्न सफल


२३ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएका छन् । मर्निङ कन्सल्टको सर्वेक्षण अनुसार प्रधानमन्त्री मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उक्त सर्वेक्षण अनुसार मोदीको नेतृत्वलाई ७५ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएका छन् । उनीपछि ल्याटिन अमेरिकी मुलुक मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्रादोर दोस्रो स्थानमा छन् । उनको नेतृत्वलाई ६३ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएको उक्त सर्वेक्षणमा उल्लेख गरिएको छ ।

त्यस्तै, उनीपछि तेस्रो स्थानमा युरोपेली मुलुक इटालीका प्रधानमन्त्री मारियो द्राघी रहेका छन् । उनको नेतृत्वलाई ५४ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएको मर्निङ कन्सल्टलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

२२ जना विश्व नेताहरु समावेश उक्त सर्वेक्षणमा अमेरिकी राष्ट्रपति जो बाइडेन भने ४१ प्रतिशत लोकप्रियताका साथ पाचौँ स्थानमा छन् ।

यसअघि यही वर्षको जनवरी एवम् अघिल्लो वर्षको नोभेम्बर महिनामा सार्वजनिक गरिएको यस्तै सूचकांकमा पनि मोदी सबैभन्दा लोकप्रिय नेता रहेको पाइएको थियो ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ८ : ३४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको