चीनमा शून्य कोभिड नीतिविरुद्ध आक्रोश पोख्न पेन्टिङको साहारा « Khabarhub

चीनमा शून्य कोभिड नीतिविरुद्ध आक्रोश पोख्न पेन्टिङको साहारा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा शून्य कोभिड नीति अनुसार लामो समयदेखि कठोर लकडाउनमा परेका राजधानी बेइजिङका बासिन्दाहरुले आक्रोश पोख्न थालेका छन् ।

राजधानी बेइजिङमा स्थापना गरिएका ‘१५ मिनेट परीक्षण सेवा वृत्त’ आसपास मानिसहरुले आक्रोशपूर्ण नारा पेन्ट गर्दै आक्रोश पोखेका हुन् ।

आक्रोशित स्थानीयहरुले ‘मलाई स्वतन्त्रता देऊ, या मलाई मृत्यु देऊ’, ‘मूर्ख रोकथाम र नियन्त्रण’, ‘तीन वर्ष भयो, म लाटो भइसकेँ’ जस्ता नारा पेन्ट गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यद्यपि सेन्सरसिप एवम् वाक् स्वतन्त्रतामाथिको लगामका बावजुद चिनियाँ नागरिकहरुले चिनियाँ शून्य कोभिड नीति एवम् कठोर लकडाउनको विरोध गरेको यो पहिलो पटक भने नरहेको जनाइएको छ ।  खासगरी चीनका युवा वर्ग यस्तो कठोर नीतिको विपक्षमा रहेको बताइन्छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ८ : ४६ बजे

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी