चीनमा शून्य कोभिड नीतिविरुद्ध आक्रोश पोख्न पेन्टिङको साहारा « Khabarhub

चीनमा शून्य कोभिड नीतिविरुद्ध आक्रोश पोख्न पेन्टिङको साहारा


२३ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा शून्य कोभिड नीति अनुसार लामो समयदेखि कठोर लकडाउनमा परेका राजधानी बेइजिङका बासिन्दाहरुले आक्रोश पोख्न थालेका छन् ।

राजधानी बेइजिङमा स्थापना गरिएका ‘१५ मिनेट परीक्षण सेवा वृत्त’ आसपास मानिसहरुले आक्रोशपूर्ण नारा पेन्ट गर्दै आक्रोश पोखेका हुन् ।

आक्रोशित स्थानीयहरुले ‘मलाई स्वतन्त्रता देऊ, या मलाई मृत्यु देऊ’, ‘मूर्ख रोकथाम र नियन्त्रण’, ‘तीन वर्ष भयो, म लाटो भइसकेँ’ जस्ता नारा पेन्ट गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यद्यपि सेन्सरसिप एवम् वाक् स्वतन्त्रतामाथिको लगामका बावजुद चिनियाँ नागरिकहरुले चिनियाँ शून्य कोभिड नीति एवम् कठोर लकडाउनको विरोध गरेको यो पहिलो पटक भने नरहेको जनाइएको छ ।  खासगरी चीनका युवा वर्ग यस्तो कठोर नीतिको विपक्षमा रहेको बताइन्छ ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ८ : ४६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको