कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई स्थायी गराउन माग « Khabarhub

कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई स्थायी गराउन माग


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुलाई एकपटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ ।

नेपाल सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन लागेका सन्दर्भमा आज पत्रकार सम्मेलन गरेर राज्यले उक्त तहमा हालसम्म पर्याप्त दरबन्दी नदिई तथा स्थायी नगराई वषौँदेखि कार्यरत शिक्षकलाई विभेद र पक्षपातपूर्ण व्यवहार गरेको युनियनले गुनासो गरेको छ ।

सङ्घीय शिक्षा ऐन आएपछि कक्षा ९ देखि १२ सम्म माध्यमिक तहका रूपमा कानूनी मान्यता हुने भएकाले युनियन त्रसित भएको छ । युनियका अध्यक्ष दीपकराज सुवेदीले आफूहरुको रोजगारीको सुरक्षा र सुनिश्चितताका लागि कुनै पहल नभए त्यस अवस्थामा कडा आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

उनले उक्त तहमा पढाउने शिक्षकलाई माध्यमिक द्वितीय तहका हुनेगरी एकपटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने, प्रतिस्पर्धामा भाग लिएर असफल हुने वा भाग नलिनेका लागि सेवाबाट हटाउन नहुने तथा उचित निवृत्तिभरण हुनुपर्ने माग गरे । हाल उक्त तहमा तीन हजार पाँच सय विद्यालय, सात लाख विद्यार्थी र करिब १४ हजार शिक्षक रहेका छन् ।

युनियनका पूर्वअध्यक्ष पुष्प न्यौपानेले यसअघि अर्थमन्त्री, शिक्षामन्त्री र सम्बद्ध निकायलाई ध्यानाकर्षण दिइसकेको जानकारी दिए । उनले अब सांसदहरुलाई ध्यानाकर्षण गराउने जनाउँदै दोस्रो चरणमा यही भदौ २६ गतेदेखि ३० गतेसम्म विरोधका प्रचारात्मक कार्यक्रम गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १० : २५ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज