वीरगञ्ज नाकाबाट इन्धन आयातमा कमी « Khabarhub

वीरगञ्ज नाकाबाट इन्धन आयातमा कमी


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पर्सा– देशकै प्रमुख व्यापारीका नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ । 

गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट २० अर्ब चार करोड ४३ लाख मूल्यको दुई लाख २७ हजार पाँच सय ३६ किलोलिटर इन्धन आयात भएको थियो । चालु आवको सोही अवधिमा रु नौ अर्ब २० करोड ७३ लाखको एक लाख ९० हजार नौ किलोलिटर इन्धन आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । गत आवको तुलनामा चालु आवको साउन र भदौमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आयातमा कमी आएको उनले बताए । खरिद मूल्यमा भने ४५.९३ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।

गत आवको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट रु १० अर्ब १३ करोड मूल्यको एक लाख ४८ हजार चार सय ६०  किलोलिटर डिजेल, चार अर्ब ६३ करोड मूल्यको ६२ हजार सात सय ३२ किलोलिटर पेट्रोल, एक अर्ब ९८ लाख मूल्यको १५ हजार तीन सय ६४ किलोलिटर हवाई इन्धन, सात करोड ७४ लाख मूल्यको नौ सय ८० किलोलिटर मट्टितेल र चार अर्ब १९ करोड मूल्यको ४३ हजार  छ सय २४ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको छ । 

चालु आवको सोही अवधिमा रु १३ अर्ब ९५ करोड मूल्यको एक लाख सात हजार चार सय ६ किलोलिटर डिजेल, सात अर्ब ५३ लाख मूल्यको ६२ हजार सात सय ६० किलोलिटर  पेट्रोल, दुई अर्ब ४२ करोड मूल्यको १८ हजार नौ सय ८० किलोलिटर हवाई इन्धन, रु १२ करोड १५ लाख मूल्यको आठ सय ८० किलोलिटर मट्टितेल र पाँच अर्ब ७४ मूल्यको ४२ हजार पाँच सय ६२ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाकाबाट इन्धनको आयात घटे पनि त्यसबाट संकलित हुने राजश्व भने दुई प्रतिशतले बढेको छ । गत आवको पहिलो दुई महिनामा रु नौ अर्ब ६६ करोड ९६ लाख राजश्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा रु १६ करोड ७२ लाख बढी अर्थात् रु नौ अर्ब ८३ करोड ६९ लाख राजश्व संकलन भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ५ : ०५ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा