रुपन्देही–५ मा एमालेले वासुदेव घिमिरेलाई उठाउने « Khabarhub

रुपन्देही–५ मा एमालेले वासुदेव घिमिरेलाई उठाउने


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बुटवल– २०७४ को चुनावमा कांग्रेसका भरत शाहले जितेको रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

तिलोत्तमा नगरपालिकाको निवर्तमान मेयर रहेका घिमिरेलाई एमालेले रूपन्देही- ५ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो । तिलोत्तमामा मेयर हुँदा उनले गरेको कामबाट तिलोत्तमा नगर देशमै नमूना कहलिएको थियो । 

उनको नेतृत्वमा भएको तिलोत्तमाको विकासको मुलुकभरि नै चर्चा हुने गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि तिलोत्तमाको भ्रमण गरी तिलोत्तमाको विकासबाट मुलुकले पाठ सिक्नुपर्ने बताएका थिए ।

उनै घिमिरेलाई रूपन्देहीको क्षेत्र नम्बर ५ बाट एमालेले टिकट दिएपछि अहिले क्षेत्र नम्बर ५ का नागरिकमा उत्साह थपिएको छ । मेयरका उम्मेदवार घिमिरेले आफूलाई यहाँका जनताले विश्वास गरेर जिताए क्षेत्र नम्बर ५ लाई तिलोत्तमा जस्तै नमूना बनाउने बताए ।

‘क्षेत्र नम्बर ५ बाट मेरो उम्मेदवारी पक्का भएको छ’, घिमिरेले भने–’अब जितका लागि तयारी गर्दै छु ।’ यो निर्वाचन क्षेत्रबाट यसअघि  खिमलाल भट्टाई उम्मेदवार बन्ने चर्चा थियो । उनी एमालेबाट राष्टियसभाका प्रमुख सचेतक भएकाले एमालेले टिकट नदिएको बताइएको छ । राष्टियसभामा उनको कार्यकाल अझै १६ महिना बाँकी छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ६ : ३४ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा