अमेरिकी डलरको भाउमा गिरावट « Khabarhub

अमेरिकी डलरको भाउमा गिरावट


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी डलरको भाउमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा रहेकोमा मंगलबार घटेर खरिदमा १३० रुपैयाँ ७८ पैसा र बिक्रीमा १३१ रुपैयाँ १८ पैसामा झरेको हो । 

यसैगरी युरोपियन युरो पनि घटेको छ । यसअघि एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा रहेकोमा आज घटेर खरिदमा १३० रुपैयाँ ५८ पैसा र बिक्रीमा १३१ रुपैयाँ १८ पैसा कायम भएको छ । 

अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३९ पैसा र सिङ्गापुर डलर एकको खरिददर ९३ रुपैयाँ १० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५३ पैसा रहेको छ ।

जापानी येन १० एकको खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीमा ८ रुपैयाँ ९६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९ रुपैयाँ ४२ पैसा रहेको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ११ : ०८ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले