बारा निर्वाचन क्षेत्र नं- ४ : त्रिपक्षीय प्रतिस्पर्धा  « Khabarhub

बारा निर्वाचन क्षेत्र नं- ४ : त्रिपक्षीय प्रतिस्पर्धा 


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कलैया– आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सदस्य पदका लागि बारा निर्वाचन क्षेत्र नं ४ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
जिल्लामा चारवटा निर्वाचन क्षेत्र रहेकामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमध्ये निर्वाचन क्षेत्र नं ४ मा तनहुँ जिल्लाका पूर्वमन्त्रीसमेत रहेका कृष्णकुमार श्रेष्ठ हाल बारा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीबाट चुनावी मैदानमा उत्रिएका छन भने जसपाबाट ०७४ को निर्वाचनमा विजयी भएका एकवाल मियाँ पुनः पार्टी परित्याग गरी नेकपा (एमाले) बाट चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवारमध्ये इच्छाबहादुर वाग्लेको अवस्था पनि राम्रो रहेकाले श्रेष्ठ, मियाँ र वाग्लेबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । सो क्षेत्रमा पुरुष ५८ हजार एक सय ५२, महिला ४७ हजार आठ सय १२ र अन्य १६ गरी कुल एक लाख पाँच हजार नौ सय ७० मतदाताका लागि ६१ मतदानस्थलमा एक सय ३३ मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदाताहरुमध्ये राजनीतिक दलबाट १० र स्वतन्त्र १० गरी २० जना चुनावी मैदानमा उत्रिएका छन ।

प्रदेशसभातर्फ (क) मा पुरुष २७ हजार एक सय ८३ महिला २३ हजार तीन सय ६० गरी कुल ५० हजार पाँच सय ३३ मतदाताहरुमध्ये राजनीतिक दलबाट नौ, स्वतन्त्र चार गरी १३ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन् । तीमध्ये एमालेबाट देवनारायण थारू र नेकपा माओवादी केन्द्रबाट क्षेत्रबहादुर श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

यसैगरी प्रदेशसभा (ख) मा पुरुष ३० हजार नौ सय ७९, महिला २४ हजार चार सय ५२ र अन्य ६ गरी कुल ५५ हजार चार सय ३७ मतदाता छन् । जसमा लोकतान्त्रिक समाजवादीका जितेन्द्र सुनार सोनल र जसपाका आत्माराम प्रसाद साहबीच प्रतिस्पर्धा हुने देखिन्छ । जितेन्द्र प्रसाद सोनल विगतका प्रदेशसभाको निर्वाचनमा समेत विजयी  भई मन्त्रीसमेत रहिसकेकाले उनको अवस्था राम्रो रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ०१ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’