बदर मत न्यूनीकरण गर्ने उद्देश्यले नमूना मतदान « Khabarhub

बदर मत न्यूनीकरण गर्ने उद्देश्यले नमूना मतदान


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिमकोट– आसन्न निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले हुम्ला र मनाङमा नमूना मतदान गरिएको छ । सात वटा गाउँपालिका रहेको हुम्लामा शुक्रबार नाम्खा गाउँपालिकाबाट नमूना मतदान सुरु भएको थियो । निर्वाचन कार्यालयका अनुसार अन्य पालिकामा नमूना मतदान अहिले जारी छ । 

नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा कात्तिक २० गते र खार्पुनाथ गाउँपालिकामा आज  नमूना मतदान भएको हो । खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङ्चुमा नमूना मतदानमा कुल ३१ मत खसेकोमा ३० मत सदर र एक मत बदर भएको थियो । 

त्यसैगरी सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा कात्तिक २५ गते, चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा २७ गते, सिमकोट गाउँपालिकाको सिमकोटमा २८ गते, अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा कात्तिक २९ गते र ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलामा कात्तिक ३० गते नमूना मतदान हुनेछ ।

त्यसैगरी अर्को हिमाली जिल्ला मनाङमा पनि नमूना मतदान सञ्चालन गरिएको छ । आज जिल्लाका चार वटै पालिकामा नमूना मतदानको अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । 

‘स्थानीय तह निर्वाचनमा बदर मत बढी भएकाले यसपटक बदर त न्यूनीकरणका लागि नमूना मतदान गरिएको हो’, उनले भने । निर्वाचन कार्यालय मनाङका अनुसार आज सदरमुकामस्थित चामे गाउँपालिका कार्यालय प्राङ्गणमा नमूना भएको छ भने यसअघि नासों, मनाङ ङिस्याङ, र नार्पाभूमि गाउँपालिकामा नमूना मतदान भइसकेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ५ : २४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु