बदर मत न्यूनीकरण गर्ने उद्देश्यले नमूना मतदान | Khabarhub Khabarhub

बदर मत न्यूनीकरण गर्ने उद्देश्यले नमूना मतदान


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिमकोट– आसन्न निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले हुम्ला र मनाङमा नमूना मतदान गरिएको छ । सात वटा गाउँपालिका रहेको हुम्लामा शुक्रबार नाम्खा गाउँपालिकाबाट नमूना मतदान सुरु भएको थियो । निर्वाचन कार्यालयका अनुसार अन्य पालिकामा नमूना मतदान अहिले जारी छ । 

नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा कात्तिक २० गते र खार्पुनाथ गाउँपालिकामा आज  नमूना मतदान भएको हो । खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङ्चुमा नमूना मतदानमा कुल ३१ मत खसेकोमा ३० मत सदर र एक मत बदर भएको थियो । 

त्यसैगरी सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा कात्तिक २५ गते, चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा २७ गते, सिमकोट गाउँपालिकाको सिमकोटमा २८ गते, अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा कात्तिक २९ गते र ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलामा कात्तिक ३० गते नमूना मतदान हुनेछ ।

त्यसैगरी अर्को हिमाली जिल्ला मनाङमा पनि नमूना मतदान सञ्चालन गरिएको छ । आज जिल्लाका चार वटै पालिकामा नमूना मतदानको अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । 

‘स्थानीय तह निर्वाचनमा बदर मत बढी भएकाले यसपटक बदर त न्यूनीकरणका लागि नमूना मतदान गरिएको हो’, उनले भने । निर्वाचन कार्यालय मनाङका अनुसार आज सदरमुकामस्थित चामे गाउँपालिका कार्यालय प्राङ्गणमा नमूना भएको छ भने यसअघि नासों, मनाङ ङिस्याङ,नार्पाभूमि गाउँपालिकामा नमूना मतदान भइसकेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ५ : २४ बजे

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अल्काराजलाई हराउँदै सिनरले जिते फ्रेन्च ओपनको उपाधि

काठमाडौं – कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४,६-४ ले हराउँदै शीर्ष

संयोग कि कथाले मागेको ? ‘मैझारो’का शीर्ष ३ कलाकार नै मगर

काठमाडौं – यतिबेला कलाकार विल्सनविक्रम राई फिल्म ‘मैझारो’ निर्देशक गर्न

प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय

इजरायली आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको रिपोर्ट सार्वजनिक

काठमाडौं – गत महिना भएको इजरायली आक्रमणमा परेर इरानका राष्ट्रपति