ढुवानी समस्याका कारण हुम्लामा औषधि अभाव « Khabarhub

ढुवानी समस्याका कारण हुम्लामा औषधि अभाव


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– ढुवानी समस्याका कारण हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव भएको छ । चालु आर्थिक वर्षमा औषधि खरिद तथा प्रदेशबाट आपूर्ति नहुँदा अभाव भएको हो । उपचारका लागि अस्पताल आएका बिरामीहरू औषधिबिनै फर्किने गरेका छन् ।  सिमकोट गाउँपालिका-८ का अनिल शाहीले अस्पतालमा औषधि नपाएर हैरान भएको बताइन् ।

भर्ना भएरै उपचार गरिरहे पनि औषधि भने बाहिरका निजी मेडिकल र फार्मेसीबाट ल्याउनु परेको उनले सुनाइन् । आफू जस्तै सातजना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरिरहे पनि सबैले औषधि बाहिरबाट किनेर ल्याउने गरेको सुनाइन् ।  

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले अस्पतालमा औषधिको नभएको बताए । अस्पतालको भण्डारमा औषधि नभएपछि बिरामीलाई चेकजाँच गरेर फिर्ता पठाउनु पर्ने अवस्था रहेको उनले बताए । विशेषगरी शल्यक्रिया गर्दा आवश्यक पर्ने औषधि, सुत्केरी गराउँदाका चाहिने औषधि, दम, निमोनिया, अन्य दीर्घरोगीले खाने औषधि नभएको उनले बताए । अस्पतालमा सबैभन्दा बढी प्रयोग हुने सिटामोल समेत केही दिनमै अभाव हुने उनले जानकारी दिए ।

यही अवस्था रहे अस्पतालले बिनाऔषधि उपचार गर्नु पर्ने देखिएको छ। अस्पतालमा हालसम्म अघिल्लो आर्थिक वर्षको औषधि प्रयोग भइरहेको र नयाँ औषधि खरिद भएको भए पनि ढुवानी भएर आउन नसकेको बताए । अस्पतालको नाममा आएको १० लाख रुपैयाँबाट एक महिनाअघि औषधि खरिद गरेको तर ढुवानी समस्याले नेपालगन्ज नै रहेको बताए । 

नेपालगन्ज विमानस्थलमा सात क्विन्टल अत्यावश्यकदेखि सबै खाले औषधि खरिद गरेर राखिएको भए पनि ढुवानी हुन सकेको अस्पतालले जनाएको छ । एयरलाइन्सहरूसँग हारगुहार गर्दा पनि औषधि जस्तो संवेदनशील वस्तु समेत ढुवानी गर्न नमानेको आरोप छ । प्रदेश आपूर्ति केन्द्र सुर्खेतसँग दुई महिना अगाडि ७५ प्रकारका औषधि माग गरेर पठाए पनि अहिलेसम्म आउन सकेको छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ५ : ३८ बजे

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ