ढुवानी समस्याका कारण हुम्लामा औषधि अभाव « Khabarhub

ढुवानी समस्याका कारण हुम्लामा औषधि अभाव


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– ढुवानी समस्याका कारण हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव भएको छ । चालु आर्थिक वर्षमा औषधि खरिद तथा प्रदेशबाट आपूर्ति नहुँदा अभाव भएको हो । उपचारका लागि अस्पताल आएका बिरामीहरू औषधिबिनै फर्किने गरेका छन् ।  सिमकोट गाउँपालिका-८ का अनिल शाहीले अस्पतालमा औषधि नपाएर हैरान भएको बताइन् ।

भर्ना भएरै उपचार गरिरहे पनि औषधि भने बाहिरका निजी मेडिकल र फार्मेसीबाट ल्याउनु परेको उनले सुनाइन् । आफू जस्तै सातजना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरिरहे पनि सबैले औषधि बाहिरबाट किनेर ल्याउने गरेको सुनाइन् ।  

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले अस्पतालमा औषधिको नभएको बताए । अस्पतालको भण्डारमा औषधि नभएपछि बिरामीलाई चेकजाँच गरेर फिर्ता पठाउनु पर्ने अवस्था रहेको उनले बताए । विशेषगरी शल्यक्रिया गर्दा आवश्यक पर्ने औषधि, सुत्केरी गराउँदाका चाहिने औषधि, दम, निमोनिया, अन्य दीर्घरोगीले खाने औषधि नभएको उनले बताए । अस्पतालमा सबैभन्दा बढी प्रयोग हुने सिटामोल समेत केही दिनमै अभाव हुने उनले जानकारी दिए ।

यही अवस्था रहे अस्पतालले बिनाऔषधि उपचार गर्नु पर्ने देखिएको छ। अस्पतालमा हालसम्म अघिल्लो आर्थिक वर्षको औषधि प्रयोग भइरहेको र नयाँ औषधि खरिद भएको भए पनि ढुवानी भएर आउन नसकेको बताए । अस्पतालको नाममा आएको १० लाख रुपैयाँबाट एक महिनाअघि औषधि खरिद गरेको तर ढुवानी समस्याले नेपालगन्ज नै रहेको बताए । 

नेपालगन्ज विमानस्थलमा सात क्विन्टल अत्यावश्यकदेखि सबै खाले औषधि खरिद गरेर राखिएको भए पनि ढुवानी हुन सकेको अस्पतालले जनाएको छ । एयरलाइन्सहरूसँग हारगुहार गर्दा पनि औषधि जस्तो संवेदनशील वस्तु समेत ढुवानी गर्न नमानेको आरोप छ । प्रदेश आपूर्ति केन्द्र सुर्खेतसँग दुई महिना अगाडि ७५ प्रकारका औषधि माग गरेर पठाए पनि अहिलेसम्म आउन सकेको छैन ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ५ : ३८ बजे

युट्युब हेरेरै व्यावसायिक कृषिमा सक्रिय

दाङ– अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने

‘पत्रकारमा फिल्ड रिपोर्टिङको जाँगर र सिर्जनशीलता भएसम्म एआईसँग डराउनु पर्दैन’ 

कुइयाङ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासले पत्रकारको जागिर खोस्ने

घाँसको बीउ उत्पादन

राँझा– बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार