महोत्तरीमा जसपाबाट निर्वाचित उपमेयर गठबन्धनका उम्मेदवार गिरिराजमणी पोखरेलको पक्षमा « Khabarhub

महोत्तरीमा जसपाबाट निर्वाचित उपमेयर गठबन्धनका उम्मेदवार गिरिराजमणी पोखरेलको पक्षमा


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महोत्तरी जिल्लाको गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणी पोखरेल नै आफूहरूको भरोसा भएको टिप्पणी गरेकी छिन् ।

क्षमतावान् उम्मेदवारको हिसाबले पोखरेलले नै जित्ने देखिएको बताउँदै अवस्था हेरेर समर्थन गर्ने तयारी गरेको उनको भनाइ छ ।

‘पोखरेलले जितेपछि नगरको समुन्नतीमा बलियो सहयोग पुग्नेमा विश्वस्त रहेको छु’ उनले भनिन्, ‘स्वास्थ्य र शिक्षामा गौशाला पछाडी परेको छ यस्लाई उहाँले सम्बोधन गर्नुहुनेछ ।’

जसपाबाट निर्वाचित भएकी महतो अहिले जसपाप्रति त्यति सन्तुष्ट छैनन् । नगरपालिकामा नगरप्रमुख र उनको असमझदारीले दूरी बढदै गएको स्थानीय बताउँछन् ।

नेकपा एमाले र जसपाको गठबन्धन भएपछि प्रतिनिधिसभाको टिकट पाउन जसपाका नेता लक्ष्मी महतो एमाले प्रवेश गरेका छन् भने प्रदेशसभामा क्षेत्र (ख) मा भने जसपाको नै उम्मेदवार छन् ।

क्षेत्र नम्बर १ (क) प्रदेशसभा र प्रतिनिधिसभामा भने नेकपा एमालेको भागमा परेको छ । घरदैलो अभियानका क्रममा पोखरेललाइ आज उपमेयर महतोले सहयोग गर्ने आस्वासन दिएकी थिइन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ६ : २८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु