व्यास क्षेत्रलाई देशकै नमुना बनाउँछु : रामचन्द्र पौडेल « Khabarhub

व्यास क्षेत्रलाई देशकै नमुना बनाउँछु : रामचन्द्र पौडेल


२२ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले नमूना तनहुँ बनाउने सपना रहेको बताएका छन् । व्यास नगरपालिका–११ तनहुँसुरमा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले वेदव्यासको जन्मस्थानमा १०८ फिट अग्लो निर्माणाधीन व्यास मूर्ति निर्माण गरेर यस क्षेत्रमा लाखौँ हिन्दूहरुको आकर्षक तीर्थस्थलको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘पर्यटकीय नमूना बनाउनको लागि धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष प्राथामिकतामा राखिएको छ’ उनले भने, ‘यस निर्वाचन क्षेत्रमा रहेका ठूला धार्मिकस्थल, भानु साहित्य उद्यान, गिरिजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण सम्पन्न गरिनेछ ।’

देशकै नमूना क्षेत्रको रुपमा विकास गर्नका लागि विकासका योजना अघि बढाएर कायपलट गर्ने चाहना रहको उनले बताए । एक सय ४० मेघावाटको तनहुँ हाइड्रो सम्पन्न गराएर एक सय २६ मेघावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण भइरहेको उनले बताए।

कृषि, पर्यटन र ऊर्जाशक्तिको विकास गरेर उद्योग ग्राम र औद्योगिक क्षेत्रको स्थापना गराइ, लगानी भित्राएर गाउँगाउँमा साना–ठूला कृषिजन्य र अन्य उद्योग स्थापना गराइ स्वदेशमै रोजगारी तथा गाउँगाउँमा आम्दानीको अवसर सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको बताए। ठूला परियोजना सम्पन्न भएपछि यस क्षेत्रको विकासमा कायापलट हुने उनले बताए । श्रमशक्ति र प्रतिभा पलायन रोक्न ठोस प्रयासअघि बढाउन कम्मर कसेर लाग्ने उनले जोड दिए ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : ३४ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले