मीनबहादुर केसी स्मृति कप फुटबलको उपाधि टाइगरलाई « Khabarhub

मीनबहादुर केसी स्मृति कप फुटबलको उपाधि टाइगरलाई


२२ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङ तुलसीपुरको दमारगाउँमा सञ्चालित जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीनबहादुर केसी स्मृति कप फुटबल प्रतियोगिता २०७९ को उपाधि आयोजक टाइगर युवा क्लब तुलसिपुर ३ ले जितेको छ । टाइगर युवा क्लब तुलसिपुर ३ दमारगाउँको आयोजनामा सञ्चालित प्रतियोगिताको आज बिहीबार सम्पन्न फाइनल खेलमा ज्ञानज्योति फुटबल क्लब तुलसीपुर ६ लाई सुन्यका विरुद्ध २ गोलअन्तरले पराजित गर्दै टाइगर युवा क्लबले उपाधि जितेको हो ।

उपाधिसँगै उसले नगद एक लाख तीस हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाइनलमा हार ब्यहोरेको ज्ञान ज्योति उपविजेतामा सीमित रहँदै नगद पैँसट्ठी हजार, कप मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

उल्लेख्य दर्शकको उपस्थितिमा टाइगर क्लबको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको पहिलो हाफ्को समाप्तिसम्म गोलरहित बराबरी भएपनी दोस्रो हाफ्को ९औं मिनेटमा जर्सी नम्बर १३ का माधव घिमिरेले पहिलो गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए । त्यस्तै जर्सि नम्बर ५ का विजय सिंह ठकुरीले दोस्रो हापको १८औं मिनेटमा थप एक गोल गर्दै टिमलाई २-० को जित निकाल्न सफल भए ।

फुटबल खेलको विकास र प्रवर्द्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने मुख्य उद्देश्यका आयोजना गरिएको प्रतियोगितामा दाङ लगायत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहेको थियो । 

यसैबीच प्रतियोगिताको समापन समारोह खेल संयोजक सुरबिर गुरुङको अध्यक्षता तथा ९९ वर्षीय बयोवृद्ध समाजसेवी व्यक्तित्व तिलकबहादुर मल्लको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य टेक बहादुर बिकको विशिष्ट आतिथ्यमा भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार  ७ : ०१ बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको