भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड सङ्क्रमण « Khabarhub

भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड सङ्क्रमण


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ।

अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो । संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् । एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार १,४०९ संसद् कर्मचारी मध्ये ४०२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

“जनवरी ४ देखि जनवरी ८ सम्म गरिएको परीक्षणमा ४०२ कर्मचारीहरूमा सङ्क्रमण देखिएको छ । ती सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनको लागि जीनोम सिक्वेन्सिङमा पठाइएको छ,” एजेन्सीले एक अधिकारीले भने। संसद्का कर्मचारीको आन्तरिक सन्देशमा कर्मचारीलाई सरकारको निर्देशनअनुसार सावधानी अपनाउन सुझाव दिइएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय सञ्चारमाध्यममा उद्धृत गरिएको आन्तरिक सन्देशमा भनिएको छ, “लोकसभाका २०० र राज्यसभाबाट ६९ जना र १ सय ३३ सहयोगी कर्मचारीको परीक्षण पोजेटिभ देखिएको छ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ३ : ३८ बजे

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो