संसद बाहिरका दलद्वारा एमसीसीको विरोधमा प्रदर्शन « Khabarhub

संसद बाहिरका दलद्वारा एमसीसीको विरोधमा प्रदर्शन


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–एमसीसी–सम्झौताविरुद्ध संसद बाहिर रहेका राजनीतिक दलहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

संसद बाहिर रहेका नेकपा (माले), नेकपा (संयुक्त), नेपाल कम्युनिष्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चालगायत विभिन्न संघसंस्थाहरुहले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बुधबार काठमाडौको माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रर्दशन गरेका थिए ।

एमसीसी सम्झौतामा नेपालको कानुनभन्दा अमेरिकाका माथि हुने देखिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाई छ । उनीहरुले एमसीसी अमेरीकी सुरक्षा सैन्य रणनीतिसँग जोडिएको भन्दै राष्ट्रहित विपरीत गरको बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी सम्झौता खारेज गर’, ‘गो ब्याक एमसीसी’, ‘वैदेशिक हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाएका थिए । एमसीसी पास गर्ने या नगर्ने भन्ने सम्बन्धमा राजनीतिक दलहरुबीच पनि सहमति जुट्न नसक्दा अघि बढ्न सकेको छैन ।

 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  २ : ३० बजे

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको