संसद बाहिरका दलद्वारा एमसीसीको विरोधमा प्रदर्शन | Khabarhub Khabarhub

संसद बाहिरका दलद्वारा एमसीसीको विरोधमा प्रदर्शन


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–एमसीसी–सम्झौताविरुद्ध संसद बाहिर रहेका राजनीतिक दलहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

संसद बाहिर रहेका नेकपा (माले), नेकपा (संयुक्त), नेपाल कम्युनिष्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चालगायत विभिन्न संघसंस्थाहरुहले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बुधबार काठमाडौको माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रर्दशन गरेका थिए ।

एमसीसी सम्झौतामा नेपालको कानुनभन्दा अमेरिकाका माथि हुने देखिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाई छ । उनीहरुले एमसीसी अमेरीकी सुरक्षा सैन्य रणनीतिसँग जोडिएको भन्दै राष्ट्रहित विपरीत गरको बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी सम्झौता खारेज गर’, ‘गो ब्याक एमसीसी’, ‘वैदेशिक हस्तक्षेप बन्द गर’ लगायतका नारा लगाएका थिए । एमसीसी पास गर्ने या नगर्ने भन्ने सम्बन्धमा राजनीतिक दलहरुबीच पनि सहमति जुट्न नसक्दा अघि बढ्न सकेको छैन ।

 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  २ : ३० बजे

दशैँ टीकाको साइत कुन देशमा कतिबेला ?

काठमाडौं– अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको

रामेछाप–सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु

रामेछाप– सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल

म्यानचेस्टर युनाइटेड ३-० ले पराजित

काठमाडौं – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा मयानचेस्टर युनाइटेडलाई

देशभरको मौसम बदली, केही भूभागमा वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज १४ गते सोमबा सन्