विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड बढी « Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड बढी


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो ।

वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ ।

संक्रमितमध्ये ३२ करोड ११ लाख २० हजार २७० जना निको भइसकेका छन् । हालसम्म कोरोना संक्रमणका कारण ५७ लाख ८३ हवा १८२ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ ।

विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।

विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ७ करोड ८५ लाख ५६ हजार १९३ जनामा कोरोना पुष्टी भइसकेको छ ।

अमेरिकापछि कोरोना संक्रमितको दोस्रो ठूलो संख्या भारतमा रहेको छ । भारतमा हालसम्म ४ करोड २४ लाख १० हजार ९७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

वल्डोमिटर्सको अनुसार ब्राजिलमा २ करोड ६७ लाख ७६ हजार ६२०, फ्रान्समा २ करोड १० लाख ३९ हजार ६३९, बेलायतमा १ करोड ७९ लाख ३२ हजार ८०३ जनालाई कोरोना संक्रमण भएको छ ।

कोरोनाले सबैभन्दा बढीको ज्यान अमेरिकामा लिएको छ । हालसम्म अमेरिकामा ९ लाख ३२ हजार ४४३ जनाको मृत्युको कारण कोरोना बनेको छ ।

कोरोनाका कारण ब्राजिलमा ६ लाख ३३ हजार ८९४, भारतमा ५ लाख ५ हजार ३०८, रुसमा ३ लाख ३६ हजार ७२१ र मेक्सिकोमा ३ लाख ९ हजार ८८४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ३ : १५ बजे

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको

अमेरिकी डलर र युरो बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक

स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा

काठमाडौँ – विश्वकप फुटबलको अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका