सौर्य, टुकी र दियालोमा निर्भर कल्लेनीवासीको घरमा बिजुली बल्यो « Khabarhub

सौर्य, टुकी र दियालोमा निर्भर कल्लेनीवासीको घरमा बिजुली बल्यो


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका कल्लेनीमा विद्युत् सुविधा पुगेको छ ।

जम्मा २५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो ।कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मगंलबारदेखि विद्युत् वितरण सुरु भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले कल्लेनीमा विद्युतीकरण गरेको हो । प्रदेश सरकारको बजेटमार्फत विद्युतीकरण गरिएको केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए । कल्लेनीको ट्रान्सफर्मरबाट आसपासका बस्तीका १०० घरधुरीमा बिजुली वितरण गर्न सकिन्छ । ३२ वटा ट्रान्सफर्मर लागिसक्नु भएको छ । छिमेकी गाउँ छिवाङमा पनि बत्ती बाल्ने तयारी छ, उनले भने दुई वर्षअघि पोल गाडेपनि २०७७ असारको पहिरोले क्षति पुर्‍याएपछि मर्मत गरेर आयोजनालाई पूर्णता दिएका हौँ ।

यसअघि उज्यालोका लागि सौर्य, टुकी र दियालोमा निर्भर कल्लेनीवासी बिजुली बलेपछि खुसी भएका छन् । छहरीखोलाको पानीले ‘पेल्ट्रिक सेट’ चलाएपनि नियमित विद्युत् उत्पादन हुन सकेको थिएन ।

विद्युत् सुविधा भएपछि घरायसी कामकाज, उद्यम व्यवसायदेखि बालबालिकाको पठनपाठनमा सहज भएको छ । धवलागिरिको मुनी, फलिगाउँ, मुना र दरमा पनि हालै विद्युतीकरण गरिएको थियो । सबै बस्तीमा केन्द्रीय र लघुजलविद्युत् परियोजनाको बिजुली बाल्ने काम अन्तिम चरणमा पुगेको छ ।

तीन हजार १२९ घरधुरी रहेको धवलागिरिलाई उज्यालो गाउँपालिका घोषणा गर्ने तयारी भएको अध्यक्ष थमसरा पुनले बताए । वडा न ४ को बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ । गत बर्खामा बाढीले क्षति पुर्‍याएको लुलाङको दरखोला लघुजलविद्युत् परियोजना मर्मतपछि यसै महिनादेखि पुन सञ्चालन भएको छ । ताकमको सबै बस्तीमा केन्द्रीय लाइन विस्तार भएको छ ।

 गुर्जा, मल्कवाङ, खिवाङमराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ । पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामध्ये कुनै एक माध्यमको विद्युत् सुविधा पुर्‍याउने गाउँपालिकाको योजना छ । लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत गत कात्तिकमा ५० वाट क्षमताको ‘सोलार सेट’ वितरण गरिएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : २० बजे

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि