प्रेस स्वतन्त्रताको सम्मान गर्दै जनतालाई सुशासनको प्रत्याभूति गराउन सरकार प्रतिबद्ध छ : मन्त्री कार्की « Khabarhub

प्रेस स्वतन्त्रताको सम्मान गर्दै जनतालाई सुशासनको प्रत्याभूति गराउन सरकार प्रतिबद्ध छ : मन्त्री कार्की


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताको सम्मान गर्दै जनतालाई सुशासनको प्रत्याभूति गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री कार्कीले संविधानले परिकल्पना गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई मर्यादित गराउने पक्षमा सरकार रहेको भन्दै त्यसलाई अंकुश लगाउने कल्पना पनि सरकारले गर्न नसक्ने बताए ।

सरकार दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अग्रणी देशको रुपमा प्रस्तुत हुन चाहेको उनको भनाइ छ । त्यस्तै उनले सरकारले अनलाइन टेलिभिजनसम्बन्धी गरेको व्यवस्था पवित्र उद्देश्यले ल्याइएको दाबी गर्दै यसको कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

राष्ट्रिय प्रसारण नियमावलीमा भएको संशोधनले अभिव्यक्ति स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरेको उनले बताए। उनले व्यक्तिगत रुपमा सामाजिक सञ्जाल प्रयोग गर्नेलाई नियमावलीले नछुने स्पष्ट पारे ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नियमावलीको संशोधनका केही विषयमा महासंघले आफ्नो चासो र चिन्ता व्यक्त गरेकाले तत्काल आवश्यक सम्बोधनका लागि माग गरे ।

उनले नियमावलीका विषयमा देखिएका अन्यौललाई सरकारले अन्त्य गर्नुपर्ने धारणा राखे त्यस्तै महासंघले साना तथा स्वरोजगारमुलक सञ्चारमाध्यमलाई जोगाउनका लागि लोक कल्याणकारी विज्ञापनमा ५० प्रतिशत वृद्धि गर्न आग्रह गरेको छ भने पत्रकारको दक्षता अभिवृद्धिका लागि गठन गर्ने भनिएको आम सञ्चार प्रतिष्ठान तत्काल गठन गर्नका लागि पनि माग गरेको छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ४ : ३५ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय