मधेशका पिछडिएका परिवारलाई भारतले ग्याँस चुल्हो र सिलिण्डर दिने « Khabarhub

मधेशका पिछडिएका परिवारलाई भारतले ग्याँस चुल्हो र सिलिण्डर दिने


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले मधेश प्रदेशका पिछडिएका वर्गका लागि एलपी ग्याँस चुल्होसहितका सामम्री सहयोग गर्ने भएको छ ।

भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत यो सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार भारत सरकारले मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्याँस चुल्हो, ग्याँस सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउने छ ।

नेपाली रुपैयाँ २ करोड ४ लाख ९० हजार अनुदान सहयोगमा यी जिल्लामा तीन हजार वटा ग्याँस चुल्हो, ग्याँस सिलिण्डरलगायतका सामग्री समाजमार्फत् उपलब्ध गराइनेछ ।

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक हो ।

दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एल.पी ग्याँस जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्ने उद्देश्यले भारत सरकारले ल्याएको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ बाट यो योजना प्रेरित छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : २१ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको