मधेशका पिछडिएका परिवारलाई भारतले ग्याँस चुल्हो र सिलिण्डर दिने « Khabarhub

मधेशका पिछडिएका परिवारलाई भारतले ग्याँस चुल्हो र सिलिण्डर दिने


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले मधेश प्रदेशका पिछडिएका वर्गका लागि एलपी ग्याँस चुल्होसहितका सामम्री सहयोग गर्ने भएको छ ।

भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत यो सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार भारत सरकारले मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्याँस चुल्हो, ग्याँस सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउने छ ।

नेपाली रुपैयाँ २ करोड ४ लाख ९० हजार अनुदान सहयोगमा यी जिल्लामा तीन हजार वटा ग्याँस चुल्हो, ग्याँस सिलिण्डरलगायतका सामग्री समाजमार्फत् उपलब्ध गराइनेछ ।

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक हो ।

दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म एल.पी ग्याँस जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्ने उद्देश्यले भारत सरकारले ल्याएको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ बाट यो योजना प्रेरित छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : २१ बजे

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’