चाँगुनारायण नगरपालिकाले स्थापना दिवसमा रत्न, विभूषण प्रदान गर्ने  « Khabarhub

चाँगुनारायण नगरपालिकाले स्थापना दिवसमा रत्न, विभूषण प्रदान गर्ने 


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- चाँगुनारायण नगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न रत्न एवं गौरव सम्मानबाट विभूषित गर्ने भएको छ ।

नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै नगरप्रमुख सोमप्रसाद मिश्रले सरकारले आफ्ना नागरिकलाई दिने विभिन्न विभूषण जस्तै नगरपालिकाले पनि आफ्ना नगरवासीका लागि रत्न, गौरव, ओजस्वी लगायतका विभूषणहरु  प्रदान गर्ने निर्णय भएको बताए ।

नगरपालिकाको यही फागुन २७ गते सम्पन्न हुने पाँचौ स्थापना दिवसका अवसरमा राष्ट्रियसभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट चाँगुनारायण रत्न एक, चाँगुनारायण गौरव एक, चाँगुनारायण ओजस्वी प्रथम एक, द्वितीय दुई, तृतीय तीन, चाँगुनारायण स्वर्ण माला प्रथम एक, द्वितीय दुई, तृतीय तीन, चाँगुनारायण ज्ञानपुञ्ज प्रथम एक, द्वितीय दुई र तृतीय तीन गरी २० जनालाई विभूषण प्रदान गरिने बताएको छ ।

विदेशमा रहेर ख्याति कमाएका चाँगुनारायणवासी तथा चाँगुनारायणको विकासमा विभिन्न क्षेत्रबाट उल्लेख्य योगदान गर्ने व्यक्तिलाई विभिन्न पदक एवं विभूषणबाट सम्मान गर्ने निर्णयानुसार नगरपालिकाले बनाएको छनोट समितिले विभूषित हुने व्यक्तिको नाम छनोट गर्ने उनले भने।  

त्यसैगरी नगरपालिकाको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने थप १० जनालाई ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिने बताउँदै, उनले यो विभूषण र सम्मानले नगरपालिकाको विकासमा लाग्न सबै क्षेत्रका व्यक्तिलाई थप प्रोत्साहन मिल्ने अपेक्षा राखिएको बताए ।

स्थापना दिवसकै दिन नगरपालिकाले बालमैत्री स्थानीय शासन लागू गर्दै नगरपालिकालाई उपत्यकाकै पहिलो ‘बालमैत्री नगरपालिका’ घोषणा गर्ने र सोही अवसरमा देशकै दोस्रो ‘कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त’ नगरपालिका घोषणा गरिने नगरप्रमुख मिश्रले जानकारी दिए  ।

 नगरपालिकाले आफ्नो पाँचवर्षे उपलब्धिका कामहरु समेटिएर प्रकाशित गरिएको पुस्तक ‘चाँगुनारायण विकास दर्पण’ को सार्वजनिक पनि गरिने जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ६ : २० बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि