चाँगुनारायण नगरपालिकाले स्थापना दिवसमा रत्न, विभूषण प्रदान गर्ने  « Khabarhub

चाँगुनारायण नगरपालिकाले स्थापना दिवसमा रत्न, विभूषण प्रदान गर्ने 


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- चाँगुनारायण नगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न रत्न एवं गौरव सम्मानबाट विभूषित गर्ने भएको छ ।

नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै नगरप्रमुख सोमप्रसाद मिश्रले सरकारले आफ्ना नागरिकलाई दिने विभिन्न विभूषण जस्तै नगरपालिकाले पनि आफ्ना नगरवासीका लागि रत्न, गौरव, ओजस्वी लगायतका विभूषणहरु  प्रदान गर्ने निर्णय भएको बताए ।

नगरपालिकाको यही फागुन २७ गते सम्पन्न हुने पाँचौ स्थापना दिवसका अवसरमा राष्ट्रियसभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट चाँगुनारायण रत्न एक, चाँगुनारायण गौरव एक, चाँगुनारायण ओजस्वी प्रथम एक, द्वितीय दुई, तृतीय तीन, चाँगुनारायण स्वर्ण माला प्रथम एक, द्वितीय दुई, तृतीय तीन, चाँगुनारायण ज्ञानपुञ्ज प्रथम एक, द्वितीय दुई र तृतीय तीन गरी २० जनालाई विभूषण प्रदान गरिने बताएको छ ।

विदेशमा रहेर ख्याति कमाएका चाँगुनारायणवासी तथा चाँगुनारायणको विकासमा विभिन्न क्षेत्रबाट उल्लेख्य योगदान गर्ने व्यक्तिलाई विभिन्न पदक एवं विभूषणबाट सम्मान गर्ने निर्णयानुसार नगरपालिकाले बनाएको छनोट समितिले विभूषित हुने व्यक्तिको नाम छनोट गर्ने उनले भने।  

त्यसैगरी नगरपालिकाको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने थप १० जनालाई ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिने बताउँदै, उनले यो विभूषण र सम्मानले नगरपालिकाको विकासमा लाग्न सबै क्षेत्रका व्यक्तिलाई थप प्रोत्साहन मिल्ने अपेक्षा राखिएको बताए ।

स्थापना दिवसकै दिन नगरपालिकाले बालमैत्री स्थानीय शासन लागू गर्दै नगरपालिकालाई उपत्यकाकै पहिलो ‘बालमैत्री नगरपालिका’ घोषणा गर्ने र सोही अवसरमा देशकै दोस्रो ‘कोभिड १९ विरुद्धको पूर्ण खोपयुक्त’ नगरपालिका घोषणा गरिने नगरप्रमुख मिश्रले जानकारी दिए  ।

 नगरपालिकाले आफ्नो पाँचवर्षे उपलब्धिका कामहरु समेटिएर प्रकाशित गरिएको पुस्तक ‘चाँगुनारायण विकास दर्पण’ को सार्वजनिक पनि गरिने जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ६ : २० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको