प्रथम गैँडाकोट मेयर टी २० क्रिकेट कपको उपाधि नवलपुरलाई « Khabarhub

प्रथम गैँडाकोट मेयर टी २० क्रिकेट कपको उपाधि नवलपुरलाई


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी (बर्दघाटसुस्तापूर्व-) गैँडाकोटमा सम्पन्न राष्ट्रियस्तरको प्रथम गैँडाकोट मेयर कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि नवलपुर क्रिकेट सङ्घले जितेको छ ।

नवलपुरले उपाधिसँगै नगद रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन बाध्य स्याङ्जा क्रिकेट सङ्घले नगद रु एक लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

आज सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई पाँच विकेटले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले १७.१ ओभरमा सबै विकेटको क्षतिमा ८३ रनको योगफल तयार पार्‍यो  ।

स्याङ्जाका लागि ईश्वर खनालले १३ बलमा दुई चौका र एक छक्कासहित १८ रन तथा ईश्वर क्षेत्रीले २२ बलमा एक चौकासहित ११ रन बनाउनुभयो । स्याङ्जाका अन्य ब्याट्स म्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

बलिङतर्फ नवलपुरका किशोर महतोले तीन ओभरमा ८ रन खर्चिदै दुई विकेट, सुदीप अर्यालले चार ओभरमा १४ रन खर्चिदै दुई विकेट तथा विशाल पौडेलले चार ओभरमा २० विकेटको क्षतिमा दुई विकेट लिए ।

८४ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नवलपुरले १४.२ ओभरमा विजय लक्ष्य भेटायो । नवलपुरले १४.२ ओभर खेल्दै पाँच विकेटको क्षतिमा ८४ रन बनाउन सफल भएपछि उपाधि उचाल्न सफल भएको हो ।

नवलपुरका लागि कमल परियारले ‘नटआउट’ चार बलमा तीन छक्का सहित १९ रनको योगदान दिए । त्यस्तै नवलपुरको जितका लागि ब्याट्स म्यान राजेश ढकालले ३१ बलमा २४ रन, गोविन्द विकले १८ बलमा १२ रन, विदुर पुनले १४ बलमा १० रन तथा दीपक डुम्रेले १७ बलमा १० रनको योगदान दिएका थिए ।

बलिङतर्फ स्याङ्जाका सुरज गुरुङले तीन ओभरमा २४ रन खर्चंदै दुई विकेट तथा करण पङ्गेनी, ईश्वर खनाल र विपिन राज न्यौपानेले १–१ विकेट लिए । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोटको आयोजनामा सम्पन्न प्रतियोगितामा नवलपुर, स्याङ्जा, चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, नवलपरासीका आठ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेतालाई गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख पौडेलले खेलक्षेत्रको विकासका लागि आफूले नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : ०५ बजे

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा