खप्तड गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा मनाङ « Khabarhub

खप्तड गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा मनाङ


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली-  मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ ।

धनगढी रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको हो । खेलको निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा मनाङले बाजी मार्यो । पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे । हिमालयनका उलिच सिवेपिस्टन मुटाम्बाले गोल गरे ।  विशाल श्रेष्ठ र विवेक पण्डित पेनाल्टीमा गोल गर्न चुके ।

पेनाल्टी अघि खेलको २८औँ मिनेटमा शिशिर लेखिले  हेडमार्फत गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको ८०औँ मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

अब उपाधिका लागि मनाङले फागुन २८ गते बागमती युथ क्लब र फ्रेन्ड्स क्लबबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार हुनेछ । आयोजक सुदूरपश्चिम -११ स्पोर्ट्स क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले रु २१ लाख र उपविजेता टोलीले रु १० लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले रु एक लाख पाउनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद रु २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले रु १० हजार प्राप्त गर्नेछ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : ५० बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी