आईपीएलः गुजरातसँग पञ्जाब पराजित « Khabarhub

आईपीएलः गुजरातसँग पञ्जाब पराजित


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नवप्रवेशी गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ ।

मुम्बईमा शुक्रबार राति भएको खेलमा गुजरातले पन्जाब किङसलाई ६ विकेटले हराएको हो। पन्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

गुजरातको जितमा सुबमन गिलले ९६ रनको अर्धशतकीय इनिङ खेले। यस्तै शाइ सुधर्शनले ३५ रन जोड्दा कप्तान हार्दिक पान्डयले २७ रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो।

पन्जाबका लियाम लिभिङस्टोनले ६४, शिखर धवन ३५ रन जोड्दा जितेश शर्माले २३ रन बनाए भने राहुल चाहर २२ रनमा अविजित रहे।

जितसँगै ३ खेलमा ६ अंक जोडेको गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पराजित भएको पन्जाब ४ खेलमा २ अंक बनाएर छैटौं स्थानमा छ।

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ०३ बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको