खुम्बुमा बाह्य पर्यटकको चहलपहल बढ्यो « Khabarhub

खुम्बुमा बाह्य पर्यटकको चहलपहल बढ्यो


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम बढेको छ । वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।

खुम्बु क्षेत्रमा पछिल्लो एक हप्तामा ९०० भन्दा बढी बाह्य पर्यटक भित्रिएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ । अहिले लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समेत चहलपहल बढेको नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाका कर्मचारी खुमप्रसाद पौडलले बताए ।

लुक्लामा दैनिक ४५ वटासम्म हेलिकप्टर र ३५ वटासम्म जहाजले उडान भर्ने गरेका छन् । एकैदिनमा १४ वटा जहाजमार्फत २६६ र ४५ वटा हेलिकोप्टर मार्फत २२५ सम्म पर्यटक खुम्बु भित्रिने गरेको उनको भनाइ थियो ।

अहिले भित्रने यात्रुको चाप बढी र फर्कने यात्रु शून्यजस्तै हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : २१ बजे

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र