होटल पौवाले लुम्बिनी प्रदेशको तीन ठाउँमा ‘न्यू इयर इभ’ गर्दै « Khabarhub

होटल पौवाले लुम्बिनी प्रदेशको तीन ठाउँमा ‘न्यू इयर इभ’ गर्दै


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– होटल पौवाले नेपाली नयाँ वर्षलाई इभमा तीनवटा शाखामा एकैसाथ सांगीतिक कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ ।

पौवा ग्रुपका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार पौवाका सञ्चालक रहेका १२ शाखामध्ये तीन वटा शाखामा ‘न्यु इयर इभ’ कार्यक्रम सञ्चालन हुनेछ । लुम्बिनी प्रदेशको राजधानी भालुवाङ तथा रुपन्देहीको बुटवल र भैरहवामा विशेष कार्यक्रम गरी नयाँ वर्ष २०७९ लाई स्वागत गरिने प्रबन्ध निर्देशक ज्ञवालीले बताए ।

कार्यक्रमअन्तर्गत ३० चैत साँझ भालुवाङमा थारु संस्कृतिमा आधारित साङ्गीतिक कार्यक्रम हुनेछ । यसपछि बुटवल र भैरहवामा नौमती बाजा र भोजपुरी सङ्गीतबाट कार्यक्रमको आरम्भ गरिने पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए । भण्डारीका अनुसार ३० चैत साँझलाई भालुवाङमा पशुपति शर्मा, अस्मिता डल्लाकोटी, सुमन परियार लगायतका कलाकारले मनोरञ्जन प्रदान गर्ने छन् भने बुटवलमा निशान भट्टराई, बालिका प्रधान, विशाल राईका साथ भ्वाईस द ब्याकप ब्याण्डको प्रस्तुति रहनेछ । यसैगरी भैरहवामा राजनराज शिवाकोटी, मिलन नेवार, भानुभक्त ढकाल, नेपाल आइडलका आइडल भुपेन्द्र थापा मगरको उपस्थिति रहनेछ ।

कार्यक्रममा प्रवेश निःशुल्क हुने ब्राण्ड प्रमुख भण्डारीले बताए । ‘५० रुपैयाँदेखि विविध प्रकारका खाजा र खानाको व्यवस्था गरिएको छ,’ भण्डारीले भने, ‘कार्यक्रम हेर्न आउने आमन्त्रितलाई निमन्त्रणा कार्डका साथमा लिएर आउन आग्रह छ ।’

‘पछिल्लो समय अंग्रेजी नयाँ वर्षलाई नेपालमा महत्व दिन थालिए पनि पौवाले नेपालीले वषौँ देखि मनाउँदै आएको चैत मसान्तमा पुरानो साललाई बिदाई र नयाँ सालको स्वागत गर्नेगरी कार्यक्रम तय गरिएको छ,’ पौवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्थापनाकालदेखि नै नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखामा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रम हुँदै आएका छन् ।

स्थापनाको ६ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा होटल पौवाको पहुँच पुगेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए । ज्ञवालीका अनुसार हालसम्म पौवाले कर्णाली प्रदेशको जुम्ला र सुदूरपश्चिम प्रदेशको धनगढीमा आफ्नो सेवा दिइरहेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ, दाङकै लमही र घोराही, रुपन्देहीको भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गामा पौवाले समानस्थरको आतिथ्य प्रदान गरेको छ ।

चैत महिनादेखि गण्डकी प्रदेशको राजधानी पोखरा र बागमती प्रदेशको चितवन टाँडीमा पनि सेवा दिन सुरु गरिएको ज्ञवालीले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ०१ बजे

पहिराले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर– हेटौँडा–काठमाडौँ सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा बिहानैदेखि यातायात

पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

खलङ्गा– दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला–गोकुलेश्वर

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा  सडक अनुशासन पालना नगर्ने

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट

काभ्रेपलाञ्चोक– काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा

हराभरा चक्रपथको सानेपा क्षेत्र (फोटो फिचर)

ललितपुर – काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको