आईपीएल: चेन्नईको लगातार चौथो हार, हैदराबादको पहिलो जित « Khabarhub

आईपीएल: चेन्नईको लगातार चौथो हार, हैदराबादको पहिलो जित


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ ।

चेन्नईले भने लगातार चौथो हार ब्यहोरेको छ । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

हैदराबादका  युवा ब्याटर अभिषेक शर्माले  सर्वाधिक ७५ रन बनाए । यस्तै राहुल त्रिपाठीले ३९ रनको योगदान दिए ।

चेन्नईका मुकेश चौधरी र ड्वेन ब्राभोले समान १ विकेट लिए । यसअघि  मुम्बईमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रनको योगफल तयार पार्‍यो ।

चेन्नईका मोईन अलीले सर्वाधिक ४८ रन बनाए । यस्तै अम्बाती रायडूले २७ रनको योगदान गरे । हैदराबादका वासिन्टन सुन्दर र नटराजनले समान २ विकेट लिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : २४ बजे

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्