पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ, पश्चिमा मुलुकले रुसमाथि आक्रमणको तयारी गरेको आरोप | Khabarhub Khabarhub

पुटिनद्वारा युक्रेन आक्रमणको बचाउ, पश्चिमा मुलुकले रुसमाथि आक्रमणको तयारी गरेको आरोप


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी आक्रमणको बचाउ गरेका छन् । दोश्रो विश्वयुद्धमा तत्कालीन नाजी जर्मनीको पराजयको ‘विजय दिवस’ मा सम्बोधन पुटिनले युक्रेनमा जारी ‘विशेष सैनिक कारवाही’ को बचाउ गरेको बीबीसीले जनाएको छ ।

उनले पूर्वी युक्रेनमा जारी लडाइँमा लडिरहेका रुसी फौज तथा स्वयंसेवीहरू ‘मातृभूमि र यसको भविष्यका लागि लडिरहेको’ समेत टिप्पणी गरे ।

सम्बोधनका क्रममा उनले पश्चिमा मुलुकहरुले ‘हाम्रो भूमिमा आक्रमण गर्ने’ तयारी गरिरहेको आरोप समेत लगाएको बीबीसीले जनाएको छ ।

उनले उत्तर एटलान्टिक सन्धि संगठन नेटोलाई ‘स्वभाविक खतरा’ को रुपमा टिप्पणी गर्दै आफूले थालेको ‘विशेष सैन्य कारवाही’ आवश्यक रहेको र यो ‘सही निर्णय’ भएको समेत बताए ।

उनले युक्रेनमा जारी द्वन्द्वबाट प्रभावित परिवारलाई राज्यले ख्याल राख्न सके जती सबै गर्ने समेत आश्वासन दिए । ‘हरेक सैनिक र सैनिक अधिकारीको मृत्यु हाम्रा लागि पीडादायी छ ।’ पुटिनले भने ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १ : ५६ बजे

कार्यदलको बैठक सुरु, सहमति जुट्ने  सम्भावना कति ?

काठमाडौं– सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको

प्राविधिक शिक्षा अध्यापनमा मुख्यमन्त्री जम्कट्टेलको जोड

मनहरी– वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्राविधिक शिक्षा अहिलेको आवश्यकता

नाबालिग अपराधको दलदल- अभिभावकको किचलो, अशिक्षा र प्रविधि दुरुपयोग

घटना–१ बैतडी दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी भागरथी भट्टलाई हामीले बिर्सिएका छैनौं

इजरायललाई आइसीजेको फैसला पालना गर्न अष्ट्रेलियाको आग्रह

क्यानबेरा– अष्ट्रेलिया सरकारका एक वरिष्ठ मन्त्रीले इजरायललाई दक्षिणी गाजामा सैन्य

कर्णालीको शिक्षा सुधार गर्न शिक्षक दरबन्दी थप्नुपर्छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामुदायिक विद्यालयको शिक्षा सुधार