श्रीलङ्कामा प्रदर्शनकारीको दुई समूहबीच झडप, तनावपछि कर्फ्यू घोषणा « Khabarhub

श्रीलङ्कामा प्रदर्शनकारीको दुई समूहबीच झडप, तनावपछि कर्फ्यू घोषणा


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलङ्काको राजधानी कोलम्बोमा प्रदर्शनकारीका दुई समूहबीच भएको झडपका कारण तनाव उत्पन्न भएपछि सोमबार प्रहरीले कर्फ्यू लगाएको छ ।

सोमबार बिहान सरकार समर्थक प्रदर्शनकारीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा नगर्न आग्रह गर्दै प्रधानमन्त्रीको सरकारी निवास टेम्पल ट्रिज अगाडि प्रदर्शन गरेका थिए ।

सरकार समर्थक प्रदर्शनकारीले प्रधानमन्त्रीसँग भेट गरेपछि उनीहरूको समूह र सरकार विरोधी प्रदर्शनकारीको समूहबीच झडप भएको थियो ।

सो झडपमा कम्तीमा १६ जना घाइते भएका थिए । उनीहरूलाई कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ । श्रीलङ्कामा विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटको  पछिल्ला दिनमा झन विकराल बन्दै गएको छ ।

जसका कारण इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ। सरकार र संसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ४ : २४ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको