श्रीलंकाली प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा « Khabarhub

श्रीलंकाली प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिएका छन् । श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले प्रधानमन्त्री राजपाक्षेले राजीनामा दिएको जनाएको हो ।

प्रदर्शनकारीको दुई समूहबीच झडप भएसँगै टापुभर कर्फ्यू जारी गरिएको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।

यसअघि गत शुक्रबार राष्ट्रपति गोताबाया राजपाक्षेले आफ्ना भाइ महिन्दाले राजीनामा दिने जानकारी दिएका थिए ।

विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको सन्दर्भमा श्रीलंकामा सरकारको विरोध गर्दै पछिल्ला केही सातायता प्रदर्शन हुँदै आएका छन् ।

प्रदर्शनकारीहरुले सरकारले तत्काल राजीनामा दिनुपर्ने र सरकार एवम् संसद्बाट राजपाक्षे परिवारका सदस्यहरु हट्नुपर्ने माग गर्दै आएका छन् ।

मुलुकमा जारी आर्थिक संकट एवम् यसबाट उत्पन्न अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकाली नागरिकहरुले कष्टको सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ४ : ४९ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको