शेख हसिना भन्छिन्– ‘भारतलाई चटगाउँ बन्दरगाह प्रयोग गर्न दिन बंगलादेश सकारात्मक छ’ « Khabarhub

शेख हसिना भन्छिन्– ‘भारतलाई चटगाउँ बन्दरगाह प्रयोग गर्न दिन बंगलादेश सकारात्मक छ’


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको पूर्वोत्तर राज्यहरूमा पारवहन पहुँचका लागि बंगलादेशले भारतलाई चटगाउँ बन्दरगाह प्रयोग गर्न दिन सकारात्मक रहेको जनाएको छ ।

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले भारतलाई चटगाउँ बन्दरगाह प्रयोग गर्न दिन बंगलादेश सकारात्मक रहेको बताएको बंगलादेशबाट प्रकाशित हुने ढाका ट्रिब्युन अखबारले जनाएको छ ।

‘यदि पारवहन पहुँचमा वृद्धि भयो भने पूर्वोत्तर भारतका आसाम र त्रिपुराजस्ता राज्यले चटगाउँको बन्दरगाहको प्रयोग गर्न सक्छन् ।’ प्रधानमन्त्री हसिनालाई उद्धृत गर्दै ढाका ट्रिब्युनले जनाएको छ ।

पूर्वोत्तर भारतीय राज्यहरुबाट छोटो दूरीमा रहेकाले चटगाउँ बन्दरगाहको प्रयोगबाट पूर्वोत्तर भारतमा आर्थिक विकासको ठूलो सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरु बताउँछन् ।

यसअघि सन् २०१० मा भारत र बंगलादेशले चटगाउँ र मोङ्गला बन्दरगाह प्रयोगबारे एमओयूमा हस्ताक्षार गरेका थिए । पछि सन् २०१८ मा बंगलादेश सरकारले भारतलाई मालसामानको आपूर्तिका लागि ती बन्दरगाहको प्रयोग गर्न दिन सहमति जनाएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : ३९ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको