चाउचाउ मात्रै खुवाएको आरोपमा पत्नीसँग सम्बन्धविच्छेद « Khabarhub

चाउचाउ मात्रै खुवाएको आरोपमा पत्नीसँग सम्बन्धविच्छेद


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतीविरुद्ध सम्बन्धविच्छेदका लागि बढेका छन् । दैनिक खानामा चाउचाउ मात्रै दिएपछि एक पतिले श्रीमतीविरुद्ध सो कदम चालेको एउटा अदालतका न्यायाधीशले बताएका हुन् ।

श्रीमतीले ब्रेकफास्ट, लन्च र डिनरमै चाउचाउ बनाउँथिन् । श्रीमतीलाई चाउचाउ बाहेक अरू केही पकाउन नजान्दा श्रीमान् निराश भएका थिए । त्यसपछि आपसी सहमतिमा दम्पती अलग भएका थिए ।

पछिल्लो समयमा अस्वाभाविक कारण जस्तै: तरकारीमा पर्याप्त नुन नहाल्ने, विवाहमा उपर्युक्त लुगा नलगाउनु, पत्नीलाई बाहिर नलैजानु आदि विषयलाई लिएर अदालतमा उजुरी बढेका पाइन्छन् । कतिपय घटना त विवाह समारोह सकिए लगत्तै हुने गर्छन् । ‘पछिल्ला समयमा सम्बन्ध विच्छेद नाटकीय रूपमा बढेको छ’, न्यायाधीश एम एल रघुनाथले भने । भारतको १९५४ को विशेष विवाह कानुनअनुसार सहमतिबाट सम्बन्ध विच्छेद गर्नुअघि एक वर्षसम्म छुट्टिएर बस्नु पर्छ ।

‘दम्पतीले सम्बन्ध विच्छेद गर्नुअघि कम्तीमा एक वर्ष सँगै बस्नुपर्ने हुन्छ ।  त्यस्तो कानुन नभएको भए विवाह हलबाटै सम्बन्ध विच्छेदको निवेदन पर्दथ्यो ।’, उनको भनाई उद्धृत गर्दै द न्यु इन्डियन एक्सप्रेसले जनाएको छ ।

मुद्दा चलेको समयावधि र सो घटनामा संलग्न दम्पतीको नाम उल्लेख गरिएको छैन । उनका अनुसार ग्रामीणभन्दा सहरी क्षेत्रमा सम्बन्ध विच्छेद दर बढ्दो छ ।न्युज कारखाना

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १० : २१ बजे

बर्नहम–म्याक्रोन वार्ता, बेलायत-फ्रान्स सहकार्य बढ्ने

एजेन्सी– बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबीच

आयोजनाका प्राविधिकको सहयोग लिएर लाङटाङको सुरुङबाट सेनाले निकाल्यो दुईजनाको शव

रसुवा- रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाले दुईजना

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम दाखिला गर्नेक्रम बढ्दै गएको

उजाड स्याफ्रुबेंसी : जहाँको बजार नै बग्यो, स्थानीयको आश्रय केही बाँकी रहेन (तस्बिरहरू)

रसुवा- नुवाकोटको बेत्रावती हुँदै भोटेकोशी बाढीपछि सडकमार्गबाट पुग्न सकिने अन्तिम

धानको गाँज लाग्ने बेलामा रासायनिक मलको अभाव

बाँके– धानको गाँज लाग्ने बेलामा बाँकेका किसानलाई रासायनिक मलको अभाव