अछाम हत्या प्रकरण : युवकको शव आफन्तले बुझे « Khabarhub

अछाम हत्या प्रकरण : युवकको शव आफन्तले बुझे


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव आफन्तले बुझेका छन् । शव फेला परेको ६ दिनपछि आफन्तले बुझेका हुन् । परिवारजनले किटानी दिएका व्यक्तिविरुद्ध जाहेरी दिन प्रशासन तयार भएपछि बिहीबार पोस्टमार्टम गरेर आफन्तले किशोरको शव बुझाका हुन् । 

मृतकका आफन्तले किटानीसहित दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए । मृतकका आफन्तले किटानीसहित जाहेरी दिँदा प्रहरीले नबुझको भन्दै यसअघि पाँच दिनसम्म मृतकका आफन्तले शव बुझेका थिएनन् । बुधबार घटनाको अनुसन्धान गर्ने र किटानी परेका व्यक्तिका नाममा मुद्दा दायर गर्ने सहमतिपछि पीडित पक्ष शवको पोस्टमार्टम गर्न मञ्जुर भएका थिए । पीडित पक्ष मञ्जुर भएपछि बुधबार नै शव जिल्ला अस्पताल लगिएको थियो । 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पीडित पक्षले नवनिर्वाचित जनप्रतिनिधि लगायत अन्य १४ जनाका नामा किटानी जाहेरी दिएका छन् । बिहीबारसम्म सोधपुछका लागि भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । घटनाको केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनुसन्धान गरिरहेको छ । 

मृतक शाहीको अन्त्येष्टि आजै गरिने आफन्तले बताएका छन्। विनोदको शव घरनजिकैको जंगलमा भेटिएको थियो। मृतकको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लागेको थिए। तर प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै उनीहरूले शव उठाउन दिएका थिएनन्। मृतक शाहीको न्यायका लागि जिल्लामा लगातार आन्दोलन भइरहेको छ। यस्तै, संघीय राजधानी काठमाडौंमा पनि उनको न्यायका लागि संसद्‌मै आवाज उठेको छ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  २ : ०६ बजे

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल