अछाम हत्या प्रकरण : युवकको शव आफन्तले बुझे « Khabarhub

अछाम हत्या प्रकरण : युवकको शव आफन्तले बुझे


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव आफन्तले बुझेका छन् । शव फेला परेको ६ दिनपछि आफन्तले बुझेका हुन् । परिवारजनले किटानी दिएका व्यक्तिविरुद्ध जाहेरी दिन प्रशासन तयार भएपछि बिहीबार पोस्टमार्टम गरेर आफन्तले किशोरको शव बुझाका हुन् । 

मृतकका आफन्तले किटानीसहित दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले बताए । मृतकका आफन्तले किटानीसहित जाहेरी दिँदा प्रहरीले नबुझको भन्दै यसअघि पाँच दिनसम्म मृतकका आफन्तले शव बुझेका थिएनन् । बुधबार घटनाको अनुसन्धान गर्ने र किटानी परेका व्यक्तिका नाममा मुद्दा दायर गर्ने सहमतिपछि पीडित पक्ष शवको पोस्टमार्टम गर्न मञ्जुर भएका थिए । पीडित पक्ष मञ्जुर भएपछि बुधबार नै शव जिल्ला अस्पताल लगिएको थियो । 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पीडित पक्षले नवनिर्वाचित जनप्रतिनिधि लगायत अन्य १४ जनाका नामा किटानी जाहेरी दिएका छन् । बिहीबारसम्म सोधपुछका लागि भन्दै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । घटनाको केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनुसन्धान गरिरहेको छ । 

मृतक शाहीको अन्त्येष्टि आजै गरिने आफन्तले बताएका छन्। विनोदको शव घरनजिकैको जंगलमा भेटिएको थियो। मृतकको परिवार र स्थानीय बासिन्दाले शाहीको हत्या भएको भन्दै किटानी जाहेरी दिन लागेको थिए। तर प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै उनीहरूले शव उठाउन दिएका थिएनन्। मृतक शाहीको न्यायका लागि जिल्लामा लगातार आन्दोलन भइरहेको छ। यस्तै, संघीय राजधानी काठमाडौंमा पनि उनको न्यायका लागि संसद्‌मै आवाज उठेको छ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  २ : ०६ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने