बूढीगंगा अपडेट : ५० प्रतिशत मत गन्दा एमालेलाई दोब्बर अग्रता | Khabarhub Khabarhub

बूढीगंगा अपडेट : ५० प्रतिशत मत गन्दा एमालेलाई दोब्बर अग्रता


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना सकिएको छ । ५० प्रतिशत मत गन्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ ।

पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन् । नेपाली कांग्रेसका रङ्गबहादुर खाती १ हजार ५६९ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

उपमेयरमा पनि एमालेकै फराकिलो अग्रता छ । एमालेकी मायाकुमारी खड्का कुँवरले २ हजार ८६६ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले १ हजार ६२३ मत ल्याएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ४ हजार ७६३ मतगणना भएको छ । हालसम्म नतिजा सार्वजनिक भएका चारै (१, १०, २ र ९ मा) वटा वडामा एमालेले वडाध्यक्ष पद जितेको छ। यति बेला वडा नम्बर ८ र ३ को गणना भइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ६ : ४८ बजे

म्याग्दीको धार्मिक पर्यटकीयस्थल तीनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका

च्याम्पियन्स लिग : बायर लिभरकुजेनसँग बेनिफिका पराजित

काठमाडौं– युईएफए च्याम्पियन्स लिग फुटबलमा बायर लिभरकुजेनले जित निकालेको छ

ओलीले हरियो झन्डा नदेखाएपछि अन्तिममा खनालको बाटो फेरियो

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)सहित

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

सुनसरी– करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त