एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे « Khabarhub

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटीमा हेरफेर गरिएको छ ।

बुटवलमा आज सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डेलाई चयन गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको आतिथ्यतामा सम्पन्न प्रदेश समितिको बैठकमा प्रदेश अध्यक्ष रहेका सहरी विकासमन्त्री मेटमणि चौधरीको प्रस्तावमा पाण्डेलाई अध्यक्ष बनाउने निर्णय भएको केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले जानकारी दिए ।

यसैगरी प्रदेश समितिको बैठकले रुपन्देही जिल्ला समितिको जिम्मेवारीमा पनि हेरफेर गरेको छ ।

बैठकले पार्टीको रुपन्देही जिल्ला अध्यक्षमा अविराम विकलाई चयन गरेको छ । यसअघि राजु गुरुङले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । पार्टीको उपाध्यक्षमा श्रीराम यादव र उपाध्यक्ष चीनबहादुर गुरुङ चयन भएका छन् ।

सचिवमा सरिता श्रीषलाई जिम्मेवारी दिइएको छ । यसैगरी उपसचिवमा टङ्क पोखरेल, मीरा श्रेष्ठ र थानेश्वर खरेल रहेका छन् । पार्टीको जिल्ला समिति २०५ सदस्यीय रहेको केन्द्रीय सदस्य भट्टराईले बताए ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ११ : २१ बजे

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले