पहिरोबाट विस्थापित खोटाङका १३ परिवारलाई राहत « Khabarhub

पहिरोबाट विस्थापित खोटाङका १३ परिवारलाई राहत


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेपाल रेडक्रस सोसाइटी खोटाङले पहिरोपीडितलाई राहत प्रदान गरेको छ ।

वर्षापछि गत १७ असार राति गएको पहिरोबाट विस्थापित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका १३ परिवारलाई राहत प्रदान गरिएको हो ।

पहिरोबाट पूर्णरुपमा विस्थापित भएपछि डाँडाको खेतमा त्रिपाल टाँगेर बसिरहेका सावालुङका रामिरा राई, जीतबहादुर राई, कर्णबहादुर राई, भीमबहादुर राई, शारदा राई, धनकुमार विश्वकर्मा, पारश राई, युवराज श्रेष्ठ र साउधन राईलाई रेडक्रसले बन्दोवस्तीका सामग्री प्रदान गरेको हो ।

उनीहरुलाई प्रतिपरिवार एक थान त्रिपाल, दुई थान कम्बल, एक सेट भाँडा, आठ मिटर बुट्टे कपडा, एक थान कपडा, एक वटा बाल्टिन, दुई थान साडी, डोरी, एकरएक थान कपडा र एक सेट हाइजेनिक किट प्रदान गरिएको छ ।

यस्तै, पहिरोले घरमा सामान्य क्षति पुगेका मसिरी राई, पुरीमायाँ राई, वलराम राई र पर्शुराम राईलाई एक-एक थान त्रिपाल वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार वजिमयले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ५७ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण