हेलम्बु राजमार्गको चार ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध | Khabarhub Khabarhub

हेलम्बु राजमार्गको चार ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ ।

जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरा भन्ने ठाउँमा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात सञ्चालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताए ।

वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ८ : १४ बजे

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं – केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड