मकवानपुरमा आठ हजार ६ सय मतदाता थपिए  « Khabarhub

मकवानपुरमा आठ हजार ६ सय मतदाता थपिए 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्मती– आगामी मङ्सिर ४ गते  हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि  मकवानपुर जिल्लामा आठ हजार ६  सय ४३  नयाँ मतदाता  दर्ता भएको प्रदेश निर्वाचन कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

आयोगले असारबाट सुरु गरेको मतदाता नामावली संकलन कार्यअन्तर्गत मकवानपुरमा  चार हजार पाँच सय  १७ पुरुष  तथा चार हजार एक सय २६ महिला गरी कूल  आठ हजार छ सय ४३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको सो कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

गत साउन १९ गते सरकारले आगामी मङ्सिर  ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको  मिति घोषणा गरेपछि साउन २० गतेबाट  मतदाता नामावली संकलन कार्य  बन्द भएको बताइएको छ ।

मकवानपुरमा निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा गरी दुई स्थानमा  बेग्लाबेग्लै मतदाता नामावली संकलन भएको थियो ।

निर्वाचन कार्यालयमा तीन हजार चार सय ३२ पुरुष  र  तीन हजार ९८ महिला  गरी कूल छ हजार पाँच सय  २१ ले मतदाता  नामावलीमा दर्ता गराएको थिए । जिल्ला प्रशासन कार्यालयमा  नौ सय  २१  महिला  तथा  नौ सय १९ पुरुष गरी एक हजार आठ सय ५० जनाले मतदाता नामावलीमा दर्ता गराएको बताइएको छ ।

सो अवधिमा  एक हजार दुई सय ८७ जनाले मतदाता नामावलीमा नाम सच्याउने र मतदान केन्द्र परिवर्तन गरेको बताइएको छ । मतदाता परिचयपत्र त्रुटि सच्याउनेको सङ्ख्या एक सय थियो । बाहिरी  जिल्लामा तीन सय ४३ जनाले मतदाता नामावली सारेको सो कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख लुम्वनाथ अधिकारीबाट  प्राप्त विवरणअनुसार मकवानपुरमा  हाल एक लाख  ५६ हजार छ सय ४९ पुरुष तथा  एक लाख ५० हजार एक सय ६२ महिला र पाँच अन्य गरी तीन लाख छ हजार आठ सय १६ जनाको नाम मतदाता नामावलीमा  दर्ता भएको जनाइएको छ । जिल्लामा मतदानस्थल एक सय ६५ तथा मतदान केन्द्र तीन सय ५६ रहेको सो कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ३ : ०७ बजे

आयोगले भन्यो- निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भए

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा

साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा 

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक

मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम दिनको भिडभाड (तस्बिरहरू)

काठमाडौं–  मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको भिड लागेको छ । 

पोखराले टस जित्यो, सुदूरपश्चिम पहिला ब्याटिङ गर्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत छैटौँ खेलमा कुशल