आदिवासीको हकहित, भाषा संस्कृति संरक्षण गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री  « Khabarhub

आदिवासीको हकहित, भाषा संस्कृति संरक्षण गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री 


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । २८ औं विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै आदिवासीको हकहितका साथै भाषा संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

उनले संविधानमा उल्लेख समानुपातिक समावेशिताको विषयलाई व्यवहारलाई उर्तान पनि आफूले पहल गरेको जानकारी दिए। आदिवासी जनजातिको पहिचान गरी राज्यको मूलधारमा ल्याएर राष्ट्रको विकासमा उनीहरूको योगदानलाई थप उच्च बनाउन जरुरी रहेको उनको भनाई छ ।

प्रधानमन्त्री देउवाले संविधानले आदिवासी जनजाति समुदायको विकास र समृद्धिका लागि छुट्टै आयोगको व्यवस्थासमेत गरेको जानकारी दिए । उनले विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिन गरेको मागलाई आफूले पुरा गर्ने आश्वासन दिए। 

दिवसका अवसरमा महासंघले काठमाडौंमा सांस्कृतिक र्‍याली समेत निकालिएको थियो । विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : ३६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह