बुटवलमा लालपुर्जा वितरण गर्न जग्गा नापजाँच सुरु | Khabarhub Khabarhub

बुटवलमा लालपुर्जा वितरण गर्न जग्गा नापजाँच सुरु


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- बुटवलमा भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरुआत भएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आज बुटवलको वडा नं १७ बाट नापजाँचको उद्घाटन गर्दै भूमिहीन तथा सुकुम्वासीको समस्या समाधानका लागि कामको सुरुआत गरिएको बताए ।

प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिइने उनको भनाइ छ । उनले जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न पनि आग्रह गरे ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम सुरु गर्न सम्भव भएको बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : २७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र