पाकिस्तानमा २६३ अवैध अस्पताल बन्द « Khabarhub

पाकिस्तानमा २६३ अवैध अस्पताल बन्द


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको पञ्जाब प्रान्तमा २६३ वटा अवैध अस्पतालहरु बन्द गराइएको छ । भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार पञ्जाब प्रान्तको जनस्वास्थ्य आयोगले गत महिनामा प्रान्तका ११ जिल्लामा गैर कानूनी रुपमा सञ्चालित २६३ वटा अस्पताल बन्द गरिदिएको हो ।

प्रान्तमा अवैध अस्पतालको बिगबिगी बढेको सूचनाका आधारमा आयोगले कारवाही अघि बढाएको जनाइएको छ । यसक्रममा आयोगले प्रान्तका १ हजार ४ सय ७३ वटा अस्पतालमा छापा मारेको जनाइएको छ ।

प्रान्तीय राजधानी लाहोरका मात्रै १२२ अवैध अस्पताल बन्द गरिएको पाकिस्तनाबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ ।

अवैध अस्पतालहरुबाट बिरामीको स्वास्थ्यमा जोखिम उत्पन्न हुने तथा ती अस्पतालहरुले कर नतिर्ने भएका कारण कारवाही अघि बढाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ४८ बजे

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन शाह स्वदेश

पहिरोसँग खसेको ढुङ्गा लागेर डोल्पामा एक जनाको मृत्यु

कर्णाली– अविरल वर्षाका कारण खसेको पहिरोमा परी डोल्पामा एक व्यक्तिको