पाकिस्तानमा २६३ अवैध अस्पताल बन्द « Khabarhub

पाकिस्तानमा २६३ अवैध अस्पताल बन्द


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको पञ्जाब प्रान्तमा २६३ वटा अवैध अस्पतालहरु बन्द गराइएको छ । भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार पञ्जाब प्रान्तको जनस्वास्थ्य आयोगले गत महिनामा प्रान्तका ११ जिल्लामा गैर कानूनी रुपमा सञ्चालित २६३ वटा अस्पताल बन्द गरिदिएको हो ।

प्रान्तमा अवैध अस्पतालको बिगबिगी बढेको सूचनाका आधारमा आयोगले कारवाही अघि बढाएको जनाइएको छ । यसक्रममा आयोगले प्रान्तका १ हजार ४ सय ७३ वटा अस्पतालमा छापा मारेको जनाइएको छ ।

प्रान्तीय राजधानी लाहोरका मात्रै १२२ अवैध अस्पताल बन्द गरिएको पाकिस्तनाबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ ।

अवैध अस्पतालहरुबाट बिरामीको स्वास्थ्यमा जोखिम उत्पन्न हुने तथा ती अस्पतालहरुले कर नतिर्ने भएका कारण कारवाही अघि बढाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ४८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको