बागलुङको तित्याङ स्वास्थ्यचौकी भवन पहिराको जोखिममा « Khabarhub

बागलुङको तित्याङ स्वास्थ्यचौकी भवन पहिराको जोखिममा


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बागलुङ – जिल्लाको बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नु पूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो ।

विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्‍याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखमा निर्माण भएको सो भवन पहिराको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ ।

बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि रु ६५ लाख विनियोजन भएको बताए । उनले बर्खा सकिएपछि पर्खाल लगाउने बताए । ‘बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना छ’, थापाले भने । ठाउँ उपयुक्त नहुँदा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ ।

‘यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो’, थापाले भने, ‘पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ ।’ भवनको जग नै कमजोर भएको पाइएको छ । उक्त  भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा दान गरेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : ३८ बजे

नारायणी अस्पतालमा क्याथ ल्याब जडानको काम अन्तिम चरणमा

काठमाडौं– नारायणी अस्पताल वीरगञ्जमा २०७६ चैतमा खरिद गरिएको तर हालसम्म

विश्वकपबाट बाहिरिएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिनको माग

अटलान्टा– अर्जेन्टिनासँग पराजित हुँदै विश्वकप फुटबल २०२६ को अन्तिम १६

अर्जेन्टाइन राष्ट्रपति ट्रम्प समर्थक भएकैले रेफ्रीले ‘फेभर’ गरेको चर्चा सुरु

काठमाडौं- विश्वकपको राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनासँग ३-२ ले

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर,

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?

काठमाडौं- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क