४ सडक पूर्णरूपमा र १४ सडक आशिंकरूपमा अवरुद्ध « Khabarhub

४ सडक पूर्णरूपमा र १४ सडक आशिंकरूपमा अवरुद्ध


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वर्षाका कारण बाढी पहिरो आउँदा देशभरका चार सडक पूर्णरूपमा र १४ सडक आशिंकरूपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी, बेलरिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङजा–पोखरा र डुम्रे–बेँशीसहर–चामे सडक अवरुद्ध बनेका हुन् ।

साँफेबगर–मार्तडी–कोल्टी सडक अम्कोट–बल्दे र बाजुरामा अवरुद्ध छन् । बर्सात र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउने काम गरिने र वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । सडक खुलाउनका लागि लोडर, स्काइभेटर निर्माणस्थलमा तयारी अवस्थामा भएको र वैकल्पिक बाटोका लागि स्थानीयवासीसँग जग्गा विवाद मिलाउने प्रयास भइरहेको छ ।

बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी सडक रसुवा जिल्लाको बनुवामा अवरुद्ध रहेको छ । सो सडकको वैकल्पिक सडक मध्यम खालका सवारीसाधनका लागि खुलाइएको र अवरुद्ध सडक खुलाउनका लागि मर्मत भइरहेको विभागले जनाएको छ । सिद्धार्थ राजमार्गको हिउँदे खोलामा सडक अवरुद्ध रहेकामा अहिले ‘हेभि इक्वुपमेन्ट’को प्रयोग गरेर सडक खुलाउन प्रयास भइरहेको छ । डुम्रे–बेँशीसहर–चामे सडक लमजुङको उदीपुरमा अवरुद्ध भएको थियो । हाल सो स्थानमा अवरोध पन्छाउन थालिएको छ ।

आंशिकरूपमा चालु सडकमा कोशी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे–बेँशीसहर–चामे, सिर्सिया–पथलैया–हेटौँडा–भैँसे, तानसेन–रिडि–कोरला, पुष्पलाल (मध्य पहाडी) राजमार्ग, कर्णाली राजमार्ग र सिद्धार्थ राजमार्ग रहेका छन् । यी सडकका विभिन्न खण्ड बाढी र पहिरोका कारण सडक अवरुद्ध बनेका छन् ।

वैशाखयता २१ राजमार्गको १४९ स्थानमा सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेका थिए । ती सडकमध्ये हाल १३३ स्थानमा सडक दुवैतर्फबाट चालु रहेका छन् । एकातर्फबाट मात्रै चालु सडक १४ रहेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ६ : ४९ बजे

मकवानपुरमा भूमिहीन दलित तथा सुकुम्वासीलाई लालपुर्जा वितरण

काठमाडौं– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ जना भूमिहीन दलित तथा

तनहुँका एक हजार ८९५ घरमा विद्युत् विस्तार

दमौली– नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२-८३

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले